arrow

इन्जिनमा प्वाल परे पनि जोगियो उडिरहेको चाइना एयरलाइन्सको विमान 

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
china-air.jpg

सिड्नी । उडिरहेको चाइना इस्टर्न एयरलाइन्सको एउटा विमान इन्जिनमा प्वाल परे पनि दुर्घटना हुनबाट जोगिएको छ ।

अस्ट्रेलियाको सिड्नीबाट चीनको सांघाइका लागि उडेको विमानको  इन्जिनमा प्वाल परेको हो । उडान भरेको एक घण्टामा पाइलटले विमानको इन्जिनमा खराबी पत्ता लगाएका थिए ।

इन्जिनमा प्वाल देखिएपछि पाइलटले विमानलाई सिडनीतर्फ फर्काइ विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए । 

एयरबस ए ३३० विमानमा २ सय ९७ यात्रु सवार थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ