arrow

दार्जिलिङबाट पर्यटक भागे, सात हजार पर्यटको  बुकिङ रद्द 

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
darjeeling-tour.jpg

कोलकाता,  । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । 

दार्जिलिङ घुम्न आएका पर्यटक सोही कारणले भाग्न लागेको समाचार केही दिनयतादेखि नै आएको थियो । हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । 

केही दिनयता जारी सो आन्दोलन नरोकिएकोले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर भागेका समाचारमा जनाइएको छ । 
दार्जिलिङ्का हिल रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । ती रिसोर्टमा विदेशी पर्यटक खचाखच रहेकोमा उनीहरुले बुकिङ रद्द गरेर भाग्नुपरेको बताएका छन् । 

यहाँ गोर्खा जनमुक्ति मोर्चाले सोमबारका लागि आम हड्तालको आयोजना गरेको छ । सो आन्दोलनमा सरकारले दमन गरेमा थप हिंसात्मक हुनसक्ने चेतावानी उनीहरुले दिएका छन् । 

सोही कारण उनीहरु यहाँबाट भाग्नुपरेको होटल व्यवसायीहरु जनाउँछन् । आन्दोलनकारीले गतहप्ता भएको यस्तै विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी कम्तीमा पनि १२ जनालाई नराम्ररी घाइते बनाएकोले अवको आन्दोलनमा आफूहरुले पनि हस्तक्षेप गर्ने जनाएका हुन् । 

एकजना होटल व्यवसायीले भनेका छन्– आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका छन् । 

यसरी बुकिङ रद्द गराएका पर्यटक यहाँ नरहेका र दार्जिलिङ छोडेर भागिसेको एक प्रहरी अधिकारीले जानकारी दिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ