arrow

दुई मुस्लिम नेताले मिलाए काँग्रेस र माओवादीलाई, बुटवल र देवदहमा गठबन्धन

logo
कपिल ज्ञवाली ।
प्रकाशित २०७४ जेठ ३० मंगलबार
butwal-candidate.jpg

बुटवल । रुपन्देहीमा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। रुपन्देही काँग्रेस सभापति अब्दुल रजाक र माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँबीच काँग्रेस र माओवादी केन्द्रबीच सहकार्यको सहमतिमा हस्ताक्षर भएको हो। 

यो सहमतिसँगै काँग्रेसले दुवै नगरमा मेयरमा र माओवादी दुबै नगरको उपमेयरमा उमेद्वार हुने भएका हुन्। काँग्रेस र माओवादीका दुवै मुस्लिम नेताले काँग्रेस र माओवादीलाई सहकार्य गर्ने अवस्थामा पुर्‍याएका हुन्। यो दुवै पार्टीका लागि फाइदाजनक हुने नेताहरुले बताएका छन्। 

यो सहमति पछि पश्चिम क्षेत्रको शक्तिशाली उपमहानगर बुटवलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी तालमेलले यस क्षेत्रको राजनीतिलाई नै प्रभावित पार्ने आँकलन शुरु भएको छ।  

सहमति पछि बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा खेलराज पाण्डेय र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट जगतबहादुर पोखरेल उम्मेदबार बन्नेछन् ।

देबदह नगरपालिकामा पनि दुइ पार्टीबिच चुनावी तालमेल भएको छ । देवदह नगरपालिकामा मेयरमा नेपाली काग्रेसको तर्फबाट हिराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट टीका न्यौपाने गौतम उम्मेदबार बन्ने भएका छन् ।

दुवै पार्टीका अध्यक्ष र इन्चार्जले सहमति गरिएको दुबै स्थानका उम्मेदवारहरुलाई विजयी गराउन दुबै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा मतदातामा अपिल समेत गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ