arrow

चिर कालिज बचाउन निवन्ध प्रतियोगिता,मालिकाका वि.क.र जाल्पाका नेपाली प्रथम

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
chir-kalij.jpg

बाजुरा । चिर कालिज पहिचान झल्काउनका लागि निवन्ध प्रतियोगिता संचालन गरिएको छ । बडिमालिका नगरपालिकामा रहेका माध्यमिक तहका विद्यार्थीहरुलाई निवन्ध प्रतियोगिता गरिएको डव्लुपीए (बर्ल्ड पेसेन्ट एशोसिएशन ) को सहयोगमा प्रतियागिता संचालन गरिएको अनुसन्धानकर्ता हरी बस्नेतले बताएका छन् ।
 
चिर कालिजको संरक्षण सम्वन्धी निवन्ध प्रतियोगिता मालिका माध्यमिक विद्यालय र जाल्पा देवी माध्यमिक विद्यालयमा निवन्ध प्रतियोगिता संचालन गरिएको शाहले जानकारी दिए । निवन्ध प्रतियोगितामा हाम्रो दायित्व भन्ने शिर्षकमा दिइएको थियो ।
 
दुई वटै विदालयमा गरिएको नवन्ध प्रतियोगितामा मालिका माविका मिन बहादुर वि.क.प्रतियोगितामा प्रथम भएका छन् । प्रतियोगितामा रमिता मल्ल भएकी छन्,तृतिय गगन नेपाली र सान्त्वना मालिकाकै पार्वती तिमिल्सेना रहेका छन् । मालिका मासवमा संचालन गरिएको चिर कालिज संरक्षण र हाम्रो दायित्वमा विद्यार्थीहरु सकारात्मक  भुमिका खेल्ने बताएका छन् । सहभागीहरु मध्ये प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेलाई मालिका माविका प्राचार्य शुभराज पाध्यायले पुरस्कार हस्तान्तरण गरिएको अनुसन्धान कर्ता गंगा शाहले जानकारी दिए ।

यसैगरी जाल्पा देवी माध्यमिक विद्यालयमा नृप बहादुर नेपाली प्रथम भएका छन् । जाल्पाकै लक्ष्मी कार्की द्धितिय,माधव प्रसाद जोशी तृतिय र दिपक बहादुर वि.क. सान्त्वना भएका छन् । प्रतियोगितामा सहभागीहरुले चिर कालिजको विषयमा झल्किने र लागेको पक्षीलाई संरक्षण गर्न समुदाय र अन्य सरकारी तथा गैर सरकारी कार्यालयले लाग्नुपर्ने बताइएको छ । कार्यक्रममा चिर कालिजलाई घरमा पाल्न नपाइने,दुःख दिने नियती गर्नु नै गैर कानुनी भएको डव्लुपीएका गोविन्द्र राना बताए ।

निवन्ध प्रतियोगितामा मालिका माविबाट ३ जना छात्रा र ७ जना छात्र गरी १० जना विद्यार्थी सहभागि भएका थिए, भने जाल्पादेवी माविबाट २१ जना छात्र छात्रा सहभागी भएका हुन् । सहभागिहरु मध्ये प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

चिर कालिज बचाउन समुदायसंग गोष्ठी
 एसियाकै तीन वटा देशमा पाइने चिर कालिज प्रजातीको चराको  संरक्षण गर्नका लागि बडिमालिका नगरपालिका २ का सल्ल्याना सामुदायिक वन का उपभोक्ता र समितिहरु संग अन्तरक्रिया गोष्ठी संचालन गरिएको छ ।
 
डव्लुपीए  सहयोगमा सामुदायिक वनका उपभोक्तासंग चिर कालिजको बचाउनका लागि खेल्नुपर्ने भुमिका बारेमा छलफल गरिएको हो । सामुदायिक वनमा रहेका समिति र उपभोक्ताहरु संग चिर कालिजको परिचय र कालिज संरक्षण गर्न समुदायको भुमिका बारेमा बहस गरिएको थियो । समुदायहरुले चिर कालिज सिकार गर्दा  कानुनी प्रावधानमा जानकारी हुनुपर्ने बताइएको छ ।

एसियाकै नेपाल,भारत र पाकिस्तानमा मात्र पाइने चिर कालिज प्रजातीको चराको संरक्षण र प्रर्वद्धन गर्नका लागि समुदायहरुको महत्वपुर्ण भुमिका रहेको छ । चिर कालिज बचाउनका लागि वनहरुमा आगलागी नगर्ने,सिकार गर्न नपाइने जस्ता कानुनी कुराको विषयमा छलफल गरिएको अनुसन्धानकर्ता गोविन्द्र रानाले बताए ।

चिर कालिजको बारेमा समुदायहरु नै संरक्षण र कुनै चोरी सिकारी गर्नेलाइ कानुनी कारबाहीमा लिन प्रतिवद्ध भएको वनका अध्यक्ष राम बहादुर कार्कीले बताए ।

सरोकारवालसंग अन्तरक्रिया
चिर कालिज संरक्षणका लागि जिल्लाका सरोकारवालहरु संग अन्तरक्रिया कार्यक्र संचालन गरिएको छ । कालिज प्रजातीको सिकार विरुद्ध आवाज उठाऔं भन्ने नारामा जिल्लाका सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको बताइएको छ ।

चिर कालिज एक प्रजातीका चरा बाजुराका सामुदायिक वनहरुमा पाइने भएकाले यसको सिकार र चोरी निकासी नगर्न दिन सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको हो ।अन्तरक्रिया कार्यक्रममा जिल्ला वन कार्यालयको भुमिका र  कार्यालयले सामुदायिक वनहरुसंगको समन्वयका विषयमा छलफल गरिएको हो ।
    
जिल्लाका विभिन्न सामुदायिक वनबाट चीर कालिज प्रजातीको चरा संरक्षण गर्न वनमा डढेलो नलगाउने,घरमा नपाल्ने,गुँड,नलिने र जनमानसमा संरक्षणकोजनचेतना फैलाउने बारेमा जानकारी गराइएको थियो ।

अन्तरक्रियामा सहभागिहरुले चिर काजिलको संरक्षण गर्नका लागि एक भएर लाग्ने बताएका छन् । जिल्लाको लोपोन्मुख अवस्थामा रहेको प्रजातीको जनचेतना फैलाउदै कसैले पनि चोरी सिकारी नगर्न सन्देश दिने बताएका हुन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ