arrow

मन्त्रिपरिषदको निर्णय : प्रदेश २ को निर्वाचन असोज २ गते

असार १४ को चुनावको मनोनयन दुई दिन पर सारियो

logo
प्रकाशित २०७४ असार १ बिहिबार
deuba_cabinet1.jpg

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर २ को चुनाव असोज २ मा गर्ने निर्णय गरेको उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै श्रेष्ठले भने, ‘पूर्व निर्धारित मिति असार १४ को सट्टा २०७४ असोज २ गते निर्वाचन सम्पन्न गर्नेगरी मिति तोक्ने सहमति भएको छ । यो जानकारी निर्वाचन आयोगलाई गराइने छ ।’

यस्तै, मन्त्रिपरिषद बैठकले १, ५ र ७ नम्बर प्रदेशका लागि निर्धारण भएको चुनावको मनोनयन दर्ता दुई दिन पर सारेको छ । असार १४ का लागि तोकिएको चुनावको मनोनयन असार २ गते शुक्रबारलाई तोकिएकामा ४ गतेलाई मनोनयन दर्ता तोकेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । दुई चरणमा हुने भनिएको चुनाव अब तीन चरणमा हुने भएको छ  ।

प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको मत परिणाम आइसकेको छ । सत्ताधारी दलका नेताले आन्दोलनमा रहेको राजपालाई चुनावमा ल्याउन मिति सारिएको भन्दै यो बाध्यता भएको बताएका छन् । यद्यपि, राजपा अझै चुनावमा आउने यकिन भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ