arrow

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
Blue_UN_logo.jpg.jpeg

द हेग  । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ । 

गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई टर्कीले बिहीबार जेल सँजायको तोकेको थियो । 
अन्तर्राष्ट्रिय अपराध न्यायधिकरणको राष्ट्रसङ्घीय संयन्त्रमा आवछता रहेका अवकास प्राप्त राजदूत समेत रहेका अयदिन सेफा अकायलाई बुधवार सात बर्ष छ महिनाका लागि जेल सजाँए तोकिएको थियो । 

अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधिश थेओडोर मेरोनले टर्कीका अधिकारीहरुको यो कदम प्रति गहिरो दुःख व्यक्त गरेका छन् । 
अकायलाई ‘आतङ्ककारी सैन्य समुहको सदस्य’ भन्ने आरोप लगाइनुका साथै फेतुल्लाह गुलेनको संगठनमा अवैध सम्बन्ध राखेको भनिएको छ । 
तर अकायले भने आफु विरुद्ध लगाइएको आरोपहरुको पूर्ण रुपमा खण्डन गरेका  छन् । 

सेफालाई गत बर्षको सेक्टेम्बरमा गिरफ्तार गरिएको थियो । टर्कीका फेतुल्लाह गुलेनको संगठनलाई सहयोग गरेको अभियोगमा सयौं सरकारी अधिकारीहरु माथी कारबाही भएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ