arrow

अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा– उत्तर कोरिया

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
usa_and_north_koria.jpg

सोल । अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको उत्तर कोरियाले जनाएको छ । ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन् । 
उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो । उनलाई देशको श्रम शिवीरमा राखिएको थियो । 

ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो । 

करिब १५ वर्षको श्रम शिवीरको सजाय सुनाई शिविरमा जबर्जस्ती काममा लगाइएका उनी बिरामी परेका थिए । गम्भीर रुपमा बिरामी परेका उनलाई केही महिनादेखि अस्पतालको कोमामा राखिएको थियो । 

बिरामी परेका उनलाई कोमामा भर्ना गरिएदेखि नै अमेरिकाले रिहाइको माग गरेको थियो । उनको रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सरकारलाई बारम्बार आग्रह गरेका थिए । 

उनले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिएका थिए । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ । 

उत्तर कोरियाली विद्यार्थीको रिहाई मानवीयताको आधारमा भएको जानकारी कोरियाली सरकारले दिएको हो । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका ती विद्यार्थीले कोरियाली थुनामा एक वर्षभन्दा बढी समय बिताउनुपरेको थियो । 

उत्तर कोरियाको एक होटलमा बसेका उनले सोही होटलबाट राजनीतिक पर्चा चोरी गरेकोजस्तो सामान्य आरोप उत्तर कोरियाली प्रहरीले लगाएको थियो । 

हिजो अमेरिकाको ओहायोस्थित आफ्नो घर पुगेका ती विद्यार्थीका परिवारले ती विद्यार्थीलाई उत्तर कोरियाली प्रहरीले निर्ममतापूर्वक पिटेको पाइएको जनाएको छ । उनको शरीरभरि पिटाइका कारण निलडामहरु रहेको पनि परिवारले जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ