arrow

एलोपेथिक पसलमा आयुर्वेद औषधि, पसलमै शिलबन्दी 

logo
प्रकाशित २०७४ असार ३ शनिबार
alopathy-natural.jpg

तुलसीपुर । घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ । 

सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका विभिन्न प्रकारका आधा दर्जनभन्दा बढी भारतीय औषधि बिक्रीका लागि राख्नाका साथै गैरकानुनी रुपले गर्भपतनमा प्रयोग गरिने औषधि बिक्री गरेको पाइएको छ । 

एलोपेथिक पसलमा आयुर्वेद औषधि राखेर बिक्री गरेको र रु दुई लाखको पँुजीमा पसल दर्ता भए पनि त्यसभन्दा बढीको औषधि फेला परेपछि सिलबन्दी गरिएको औषधि विभागका निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिए । 

यसअघि पनि औषधि विभागको टोलीले उक्त पसलमा अनुगमन गर्दा कमजोरी पाइएकाले सच्चिन आग्रह गरिएको थियो । 

शुक्रबार विशेष सूचनाका आधारमा त्यहाँ छापा मारी केही औषधिसमेत जफत गरिएको छ ।

यसैबीच अनुगमनका लागि औषधि विभागको टोली दाङमा आएको जानकारी पाएपछि शुक्रबार घोराही क्षेत्रमा रहेका केही औषधि पसल बन्द गरिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ