arrow

बिशाल बर्षका कारण अफ्रिकामा  २५ जनाको ज्यान गयो

logo
प्रकाशित २०७४ असार ३ शनिबार
morang-badhi-kumud-,.jpg.jpeg

आइभरीकोष्ट  । विशाल बर्षाका कारण पश्चिम अफ्रिकी मुलुक नाइजरमा १४ जना र आइभरी कोष्टमा ११ जनाको मृत्यु भएको शुक्रबार संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकका स्थानीय अधिकारीलाई उद्धृत गरी जनाएको छ । 

लामो खडेरी पश्चात केही दिन यता भएको बर्षाका कारण दुवै मुलुकका विभिन्न स्थानमा बाढी तथा पहिरो गएको र हजारौ विस्तापित भएका बताइएको छ । 

अविरल बर्षाका कारण नाइजरमा मात्र करिब ३५० घरहरू भत्किएका र १४ जनाको मृत्य भएको हो संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने कार्यालय (ओसिएचए) ले जनाएको छ । बाढीमा परी र अन्य चार जना वेपत्ता भएका छन् भने करिब तीन हजार मानिस विस्तापित भएका ओसिएचएले जनाएको छ । नाइजरमा गत हप्ता पनि बर्षाका कारण नौ जना बालबालिकाको मृत्यु भएको थियो । 


त्यसैगरी आइभरीकोष्टको आर्थिक राजधानी आविजानमा करिब तीन चार दिनको अन्तरालमा ११ जनाको मृत्यु भएको छ । बर्षाका कारण यहाँ सयौं मानिस प्रभावित बनेका छन् । 
सेनाको विपद् व्यबस्थापन इकाईका भाइटल ओलाईले भने, “आविजानमा करिब तीन चार दिनको अन्तरालमा बर्षाका कारण ११ जनाको मृत्यु भएको छ भने बाढीबाट सयौं मानिस प्रभावित बनेका छन् ।” 

पश्चिम अफ्रिकामा सामन्यतया जुनदेखि सेप्टेम्बरसम्मको समयलाई बर्षा ऋतुका रूपमा लिइन्छ । सन् २०१६ को सो समयमा बर्षाका कारण आविजानमा जम्मा १६ जनाको मृत्यु भएको थियो भने सन् २०१५ मा ३९ व्यक्तिको मृत्यु भएको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ