arrow

अदालतद्धारा मुम्बई विस्फोटनमा छ जनालाई दोषी ठहर

logo
प्रकाशित २०७४ असार ३ शनिबार
chort.jpg

नयाँ दिल्ली । भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबाद विरुद्धको विषेश अदालतले शुक्रबार ठहर गरेको छ । 

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सन् १९९३ मा आतङ्कबादीहरुले श्रीङखलाबद्ध विस्फोट गराएका थिए । 
दोषी ठहर हुनेमा आतङ्कबादी गतिविधि गरिरहेको विश्व कुख्यात ‘डन’ अबु सालेम पनि रहेका छन् । उनी भारतमा विस्फोट गराएपछि फरार भएका थिए । उनलाई सन् २००५ मा पोर्चुगलबाट फिर्ता ल्याइएको थियो भने अर्को दोषी ठानिएका मुस्ताफा दोसालाई युनाईटेड अरव इमरेट्सबाट ल्याइएको थियो । सालेम २० बर्ष पुरानो हत्याकाण्डमा दोषी ठहर भई भारतको ‘मस्ट वान्टेड’ सूचीमा रहेका र अहिले आजिवन जेल सँजाय भोगिरहेका दाउद इब्राहिमका सहयात्री हुन् । इब्राहिम भने मुम्बई बिस्फोटनसँग सम्बन्धित थिएनन् ।
 
विषेश अदालतले यस सम्बन्धि बाँकी घोषणा भने आगामी सोमबार गर्ने छ । इब्राहिम बाहेक घटनामा संलग्न अन्य दोषीहरु अहिले सम्म पनि फरार रहेका छन् । 

सन् १९९३ को मार्च १२ तारिखका दिन मुम्बईका विभिन्न ठाँउमा २५७ जनाको मृत्यु हुनेगरी छोटो समयमा विभिन्न स्थानमा श्रीङ्खलावद्ध रूपमा १३ वटा विस्फोट भएका थिए । ती विस्फोटनहरुमा परी कम्तीमा ७०० जना घाइते भएका थिए । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ