arrow

ट्रम्प प्रशासनले उल्ट्यायो ओबामाको क्युवा नीति

logo
प्रकाशित २०७४ असार ३ शनिबार
tramp-aa.jpeg

वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएको छ । 

पूर्वराष्ट्रपति ओबामाको क्युवासँगको यात्रा प्रतिबन्ध खुकुलो बनाएको र व्यापार माथिको कडाइलाई केही सहज बनाएको कार्यक्रमलाई शुक्रबार पुनः प्रतिबन्ध लगाइएको छ । शुक्रबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ओबामाको क्युवा नीतिलाई लगभग पुरानै अवस्थामा फर्काउनेगरी प्रक्रिया सुरु भएको घोषणा गरिएको छ । “यसअघिको प्रशासनले क्युवामा अमेरिकीको यात्रा र व्यापारका विषयमा लिएको नीतिले अमेरिकालाई सहयोग नगरेकाले अव त्यसलाई लागुगर्न सकिँदैन,” ट्रम्पको यस भनाइलाई सो विज्ञप्तिमा जनाइएको छ । 

फ्लोरिडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ओवामाले क्युवासँग गरेका “एकपक्षीय” केही सम्झौतालाई तत्काल खारेज गर्ने बताएका  थिए । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा व्यक्तिगत तथा व्यवसायिक हितका लागि क्युवाको मन्त्रालयसँग कुराकानी गरिने उल्लेख छ । 

ट्रम्पले क्युवाको कानुनी बन्देजका बारेमा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन । ट्रम्पले क्युवामा अमेरिकाले खोलेको राजदूताबास पनि बन्द गर्न लगाउनुभएको छ । उनि राष्ट्रपति भएदेखि नै क्युवा नीतिमा आंशिकरुपमा परिवर्तन भएको थियो । 

गत सन् २०१४ को डिसेम्बरमा झन्डै पाँच दशक पछि क्युवा र अमेरिकाबीचको सम्बन्धमा ठूलो परिवर्तन गरिएको थियो । तत्कालिन राष्ट्रपति ओवामाले क्युवा र अमेरिकको सम्बन्धलाई सामान्य अवस्थामा पुर्याउने पहल गरेका थिए । उनको पहलपछि अमेरिका र क्युवाबीच कुटनीतिक, सामाजिक, आर्थिक एवम् व्यापारिक सम्वन्धमा सुधार आएको थियो । 

अमेरिकाले क्युवामा राजदूताबास खोलेपछि क्युवा जाने अमेरिकीहरुको सङ्ख्या निकै बढेको थियो । अमेरिकाको व्यापारिक क्षेत्र पनि फराकिलो भएको थियो । अमेरिका र क्युवाबीच सन् १९६१ देखि सम्बन्ध विग्रिएको थियो । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ