arrow

गोविन्द केसीको कडा वक्तव्य, त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्ने आन्दोलन छेड्ने चेतावनी

स्नातकोत्तर तहको शुल्क निर्धारणमा त्रिविभित्र चलखेल र घोटाला भइरहेको आरोप

logo
प्रकाशित २०७४ असार ४ आइतबार
govinda-k-c.jpg.jpeg

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले स्नातकोत्तर तहको शुल्क निर्धारणबारे चिन्ता गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

केसीले आइतबार विज्ञप्ति जारी गरेर सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् । विद्यार्थी भर्ना र शुल्क निर्धारणजस्ता विषयमा अन्तिम निर्णय विद्या परिषद्को हुनुपर्नेमा अन्यथा भयो र शुल्क बढाएर निर्णय गरियो भने त्यो हामीलाई स्वीकार्य हुने छैन, केसीले विज्ञप्तिमा भनेका छन्, ‘आइओएमबाट खोसिएका सबै अधिकार तत्काल फिर्ता गर्न तथा त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न माग राखेर हामीले सबै खालका आन्दोलनका कार्यक्रमहरु ल्याउने जानकारी गराउँछु ।’ त्यस्तो अवस्था आएमा त्यसका लागि त्रिवि पदाधिकारीहरु नै जिम्मेवार हुने पनि जानकारी गराउँछु, केसीले भनेका छन् ।

केसीले चिकित्सा शिक्षामा स्नातकोत्तर तहको शुल्क निर्धारण बारे त्रिविमा हाल भइरहेको चलखेल र घोटालाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । पूर्ण निःशुल्क हुनुपर्ने स्नातकोत्तर तहमा काठमाडौं विश्वविद्यालयले कुल २२ लाख हाराहारीको शुल्कमा पढाइरहेको अवस्थामा त्रिविमा सके त्योभन्दा कम हुनुपर्छ, नत्र पनि त्यो भन्दा पनि बढी कुनै पनि हालतमा हुनु हुँदैन, केसीले भनेका छन् ।

केसीले अगाडि भनेका छन्, ‘त्रिवि कार्यकारी परिषद्मा २२ लाखभन्दा बढाएर शुल्क सिफारिश गरिएको भन्ने जानकारीमा आएको छ । त्यसरी बढाएर पठाइएको शुल्कमा समेत त्रिवि कार्यकारी परिषद्मा मोलमोलाई भइरहेको भन्ने सुन्नमा आइरहेको छ । त्यस्तो निन्दनीय कामप्रति मेरो कडा आपत्ति छ । आइओएमलाई विगतमा बारम्बार सम्झौता भएअनुसार थप स्वायत्तता दिनको सट्टा विद्यार्थी भर्ना र शुल्कजस्ता विषयमा आइओएमको अधिकार नाजायज रुपमा खोसेर त्रिविले लिएकोमा अहिले त्यसैको भरमा निजी मेडिकल कलेजसितको मिलेमतोमा अनियमितता र अराजकता मच्चाउन लागिएको प्रष्टै हुन्छ ।’ कित्सा शिक्षा ऐन रोकेर लुटतन्त्र मच्चाउन चाहने मेडिकल माफियाहरुले राजनीतिज्ञहरुको संरक्षणमा यस्तो दुस्साहस गरेको कुरामा विवाद छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ