arrow

साउदी नेतृत्वको हवाई आक्रमणमा यमनमा २५ जना मारिए

logo
प्रकाशित २०७४ असार ५ सोमबार
saudi-arabia-yemeni.jpg

साना। साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी प्रदेश सादामा गरेको हवाई आक्रमणमा परी २५ सर्वसाधारणको मृत्यु भएको छ। हुथीहरुको नियन्त्रणमा रहेको ठाँउमा आक्रमण भएको राज्यद्वारा सञ्चालित साबा सामाचार संस्थाले आइतबार जनाएको छ। सादा जिल्लाको सादा इलाकामा पर्ने निकै लोकप्रिय बजार मासनाकमा शनिबार साँझबाट आक्रमण सुरु भएको सो संस्थाले सरकारी अधिकारीलाई उदृत गर्दै जनाएको छ।

उनले घटनामा परी पीडित भएका मध्ये केही ग्राहक र केही व्यपारी रहेका जानकारी दिए। घटनामा घाइते भएकामध्ये धेरैको अवस्था गम्भीर रहेको पनि उनले बताए। समाचार संस्थाले यस बारेमा थप विवरण दिएको छैन। यमनमा सन् २०१५ बाट साउदी अरेबिया आवद्ध हुथी विद्रोहीविरुद्ध सुरु भएको शृङ्खलाबद्ध हवाई आक्रमणमध्ये यो पछिल्लो आक्रमण हो। गत १० दिन अगाडि पनि यमनको राजधानी सानामा भएको एक हवाई आक्रमणमा परी एक परिवारका चार मारिएका थिए।

यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी हालसम्म १० हजार भन्दाबढी मानिसको मृत्यु भएको छ। मारिएका मध्ये आधा सर्वसाधारण रहेका छन्। संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले यस द्वन्द्वको कारण दुई लाख भन्दा बढी विस्थापित भएका जनाएको छ। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ