arrow

कतार संकटमा अमेरिकाको स्वार्थ के ?

logo
प्रकाशित २०७४ असार ५ सोमबार
Qatars-North-Field-Infrastructure.png

काठमाडौं। अमेरिका विश्वको धेरैजसो स्थानमा आफ्नो प्रभाव विस्तार गरिसकेको मुलुक हो। जसको कारण विश्वका धेरै मुलुकरुमा अमेरिकाको प्रभाव रहनु अस्वाभाविक होइन। विश्वको जुनसुकै घटना हुँदा पनि अमेरिकाको वा ईयूको के सम्बन्ध छ? भनी खोज्ने काम गरिन्छ। अहिले कतारमाथि लगाइएको प्रतिबन्धमा पनि अमेरिकाको सम्बन्धको विषयमा विभिन्न किसिमका टीकाटीप्पणीहरु आइरहेका छन्। 

कतारमाथि साउदी अरेबियालगायतका मध्यपूर्वका मुलुकहरुले प्रतिबन्ध लगाएका हुन्। तर, यसमा अमेरिकाको हात रहेको केही स्पष्ट संकेतहरु देखिन्छन्। यद्यपि अमेरिकाको भूमिका यस मामिलामा स्पष्टसँग देखिने खालको भने छैन। अस्पष्ट भूमिका भए पनि अमेरिकाको केही न केही सम्बन्ध र स्वार्थ यो मामिलामा रहेको देखिन्छ। अमेरिकाले अहिले कतारमाथिको प्रतिबन्धमा आफ्नो केही द्वैध चरित्रको प्रदर्शन गरेको छ। यो मामिलामा अमेरिका कुनै हिसाबमा कतारको नजिक रहन खोजेको देखाउँछ भने कुनै हिसाबमा साउदी अरेबियालाई सहयोग गरेको जस्तो देखाउँछ। यो हिसाबमा हेर्दा अमेरिकाले दुवै मुलुकलाई भड्काउने प्रयास गरेको देखिन्छ। 

कतार संकटमा अमेरिकाको हात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरेबिया भ्रमणसँगै आएकोले यस किसिमको प्रतिबन्धलाई अमेरिकी पृष्ठभूमिमा अन्य मुलुकले गरेको व्यवहार हो भन्न सकिन्छ । यसले अमेरिकाको हात कतारमाथिको प्रतिबन्धमा रहेको देखिन्थ्यो। साउदी अरेबिया र कतारको सम्बन्ध पनि यसअघि धेरै नराम्रो थिएन तर ट्रम्पको भ्रमणले एकाएक साउदी भड्किनुले ट्रम्पले साउदी अरेबियालाई एक महत्वपूर्ण हतियारको रुपमा प्रयोग गरेको हुनसक्ने देखिन्छ। साउदी अरेबिया र अमेरिकाको सम्बन्ध भने यसअघि राम्रो थिएन। तर, कतारसँग अमेरिका निकट रहेको देखिन्थ्यो तर अहिलेको परिस्थितिले भने अमेरिकाले साउदी अरेबियामाथि प्रतिबन्ध लगाउनको लागि साउदीलाई उकासेको देखिन्छ। 

अमेरिकाले कतारमाथि प्रतिबन्धको प्रयास गर्नुमा उसलाई सन् २०२२ मा फुटबल विश्वकप आयोजना गर्न नदिनु एक उद्देश्य रहेको देखिन्छ। कतारलाई अरु जे पनि मान्न सक्छ तर सन् २०२२ को विश्वकप आयोजना नगर भन्ने हो भने कतार कहिल्यै मान्नेवाला छैन। यसअघि विश्वकप आयोजना गर्ने विषयमा लिएको अनुमतिमा पनि विभिन्न किसिमको विवादहरु आएको थियो। तर २०२२ को विश्वकप कतारमा नै गर्ने निर्णय भइसकेको छ। यसले पनि कतारलाई रोक्नका लागि यस किसिसमको प्रतिबन्धको तयारी भइरहेको बुझ्न बेर लाग्दैन। यो मामिलामा साउदी अरेबिया र अमेरिकाको धारणा केही समान किसिमको रहेको कारण पनि अमेरिकाले साउदी अरेबियालाई उकास्न भ्याएको हो। 

अमेरिकी राष्ट्रपतिको साउदी अरेबिया भ्रमणको क्रमममा राष्ट्रिय स्तरको कुनै ठूलो व्यापारिक सम्झौता नभए पनि किन यो विषयमा भने सम्झौता भयो ? यसको अर्थ अमेरिकी राष्ट्रपति साउदी अरेबिया कुनै महत्वपूर्ण सम्बन्ध विस्तारको लागि भन्दा पनि यो क्षेत्रमा तनाव सिर्जना गर्नका लागि आएको पुष्टि हुन्छ। अमेरिकाले पनि सहयोग गर्ने बताए पछि साउदी यो विषयमा अघि बढेको देखिन्छ। 

अमेरिकाले कतारमाथि प्रतिबन्ध लगाउनुको अर्को कारण कतारको इरानसँगको सम्बन्ध विस्तार हुनु पनि रहेको छ। इरानसँग कतारले महत्वपूर्ण व्यापारिक सम्झौता गरिसकेको छ। अमेरिका र इरानको सम्बन्ध राम्रो नरहेको अवस्थामा उसँगको सम्बन्धमा विस्तार गरेको कारण कतारले साउदी अरेबियालगायतका मुलुकहरुबाट प्रतिबन्धको सामना गर्नुपरेको हो। अमेरिकाले कतारमाथि प्रतिबन्ध लगाउने पर्याप्त नैतिक आधार नरहेको र उसको प्रतिबन्धको असर पनि कतारलाई धेरै नपर्ने भएको कारण अमेरिकाले साउदीलाई हतियार बनाएको हो। कतारसँगको सम्बन्ध अहिलेसम्म राम्रै रहेको अवस्थामा पछाडि बसेर कतारमाथि प्रतिबनध लगाई आफ्नो मनसाय पूरा गर्ने उद्देश्य अमेरिकाको हो। 

यदि इरान, साउदी अरेबियालगायतका मुलुकहरुलाई कतारलाई एक गर्न सकेको खण्डमा अमेरिकाको प्रभाव यो क्षेत्रमा निकै कमजोर बन्न पुग्छ । यो अमेरिकाको लागि टाउको दुखाइको विषय हो । त्यसैले कतारलाई एक्ल्याउने योजना अमेरिकाको रहेको देखिन्छ तर अमेरिका कतारलाई आफूबाट फुत्कियोस् भन्ने चाहँदैन । जसको कारण बेलाबेलामा विभिन्न किसिमका सम्झौताहरु गरी अन्य शक्ति मुलुकहरुसँग सम्बन्ध विस्तार गर्ने ढोका भने थुनिदिने गरेको छ। अहिले पनि कतारसँग अमेरिकाले १२ अर्ब अमेरिकी डलरको फाइटर विमानको व्यापारिक सम्झौता गरेको छ। यो कतारको लागि सहयोग भन्दा पनि चारो हो। यसले कतारलाई अमेरिका मसँग छ भन्ने कुराको आभाष गराओस् भन्ने अमेरिकाको चाहना रहेको छ। त्यसका साथै कतारमा १० हजारभन्दा बढी सैनिकहरुले काम गरिरहेका छन्। यसले पनि अमेरिकाले बेइमान गरेको छैन भन्ने भ्रम कतारमा सिर्जना गरिरहेको छ। 

अमेरिकाले अहिले बीचमा बसेर भूमिका खेल्नुको पछाडि यो संकटको नतिजा जे आए पनि अमेरिकाको लागि फाइदा पुग्छ। यदि कतारले साउदीको यो प्रतिबन्धलाई सामना गरेर आफ्नो लक्ष्य हासिल गर्न सकेको खण्डमा यसले कतारको अर्थतन्त्रमा उल्लेख्य विस्तार हुनेछ भने साउदीको अर्थतन्त्र निकैकमजोर अवस्थामा पुग्नेछ। तेलको मूल्यमा आइरहेको गिरावटको कारण अहिले साउदी अरेबियाको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ। यो अवस्थाबाट पार पाउनका लागि तेलको मूल्यमा उल्लेख्य सुधार आउनु साउदीको लागि जरुरी रहेको छ तर कतारमाथि लगाइएको प्रतिबन्धको कारण उसको कतार निर्यातको व्यापारमा भने गिरावट आउनेछ। यसले साउदी थप कमजोर बन्नसक्ने देखिन्छ। 

आगामी दिनमा त्यसको असर कस्तो पर्छ भन्ने कुरा त देखिनिने नै छ। अमेरिकाले रसियमाथि लगाएको प्रतिबन्ध सफल पार्नका लागि उसले तेलको मूल्यमा गिरावट ल्याउनेदेखि लिएर रसियालाई प्रभाव पर्ने विभिन्न किसिमका नीतिहरु ल्यायो तर रसिया एक कदम पनि पछि हटेन जसको कारण अहिले रसियाको उत्पादकत्वमा उल्लेख्य विस्तार आएको विवरण सार्वजनिक भइसकेको छ। यदि यो प्रतिबन्ध सफल भएको खण्डमा अमेरिकाको युक्रेनसँगको सम्बन्ध निकै राम्रो हुने थियो तर प्रतिबन्ध सफल हुन नसकेको देखिए पनि अमेरिका रसियासँग सम्बन्ध विस्तार गर्नसक्ने अवस्थामा छ। 

अहिले देखिएको संकटले साउदी र कतार दुवैको अर्थतन्त्रमा नकारात्मक असर प¥यो र द्वन्द्व सिर्जना भयो भने त्यसको फाइदा अमेरिकाले हतियार बिक्री गर्न र उक्त मुलुकहरुलाई आफ्नो इशारामा चलाउनको लागि प्रयोग गर्नेछ। अहिले कतारलाई फाइटर विमान बेच्नुको पछाडि अमेरिकाको कतारलाई द्वन्द्वमा उत्प्रेरित गर्ने उद्देश्य अमेरिकाको देखिन्छ। कतारमाथिको प्रतिबन्धमा पनि साउदी अरेबिया सफल भए साउदीसँगको सम्बन्ध विस्तार गर्ने र कतारसँगको सम्बन्ध विस्तार भएको खण्डमा कतारसँग नै मिल्ने अमेरिकाको योजना रहेको छ भने दुवै कमजोर भए भने उसको उनीहरुमाथि आफ्नो शासन चलाउने अभिलाषा छ।

अमेरिकाको लागि कतारको आर्थिक सुधार पनि एक टाउको दुखाइको विषय हो। अमेरिकाको आर्थिक सुधारको नतिजाको तुलनामा कतारको आर्थिक सुधार उल्लेख्य रहेको देखिन्छ। पछिल्लो समय चीन, भारतलगायतका मुलुकरुको आर्थिक वृद्धिदर उल्लेख्य रहेको खण्डमा मध्यपूर्व तथा अफ्रिकाका मुलुकहरुको आर्थिक विकास तीव्र गतिमा भयो भने अमेरिकालाई मान्ने मुलुकहरु कम हुँदै जान्छन् अर्थान् सबै मुलुकहरु आफैंमा बलिया हुँदै जान्छन् र उनीहरुलाई कसैको सहयोग लिने जरुरत पर्दैन। यो पक्षमा पनि अमेरिकाको आँखा पुगेको हुनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ