arrow

प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, समस्या झनै विकराल

logo
प्रकाशित २०७४ असार ७ बुधबार
dust-kathmandu.jpg

काठमाडौं । प्रदूषण नियन्त्रण शुल्कका नाममा सरकारले बीस वर्षदेखि प्रतिलिटर सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । 

यसरी जम्मा भएको रकम प्रदूषण नियन्त्रणका क्षेत्रमा भने पटक्कै खर्च भएको छैन । 

देशभर बिग्रिँदै गएको वातावरण र सहरी क्षेत्रमा बढिरहेको अत्यधिक प्रदूषणले यसको पुष्टि हुन्छ ।     

सरकारले २०५३ सालदेखि देशभर चल्ने सवारी साधनमा खपत हुने प्रतिलिटर इन्धनबाट पचास पैसा दरले प्रदूषण नियन्त्रण शुल्क उठाउँदै आएको छ । 

२०७४ वैशाखसम्म आइपुग्दा यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ भइसकेको छ।

अर्थमन्त्रालयले यो रकम अन्य कर र राजस्वसरह सर्वसञ्चित कोषमा राखेको छ । 

राजस्व शीर्षक नम्बर १४५२१ अन्तर्गत जम्मा गरिएको यो रकम उद्देश्यअनुरुप खर्च गर्ने विषयमा अर्थ र वातावरण मन्त्रालयबीच दुई दशक बितिसक्दा पनि कुनै सहमति हुनसकेको छैन । 

वातावरण मन्त्रालय प्रदूषणनियन्त्रण शुल्कबापत उठाइएको रकम छुट्टै कोष बनाएर खर्च गर्नुपर्ने पक्षमा छ । 

अर्थ मन्त्रालय भने प्रत्यक्ष वा परोक्ष प्रदूषण नियन्त्रणमा सहयोग पुग्नेगरी सर्वसञ्चित कोषबाटै खर्च भइरहेको बताउँछ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ