arrow

कक्षा १२ को नतिजा निस्कियो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1782616070.gif
काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९।९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

नियमिततर्फ २ जनाको स्‍थगित, १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२।४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द भएको छ परिषद्ले जनाएको छ ।

परिषद्ले गत गत जेठरअसारमा १२ कक्षाको परीक्षा लिएको थियो । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशन भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ