arrow

अस्थायी शिक्षक आन्दोलनमा फोरम नेपालको ऐक्यवद्धता

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
sivaji_yadav.jpg

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राजधानीमा जारी अस्थायी शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले बिहीबार राजधानीको भद्रकालीस्थित अस्थायी शिक्षकहरुको अनसन स्थलमा पुगेर पार्टीको तर्पmबाट ऐक्यवद्धता जनाए । सो क्रममा उनले लामो समयदेखि अस्थायी शिक्षकको रुपमा कार्यरत शिक्षकहरुलाई सरकारले स्थायी गर्नुपर्ने बताए । आन्दोलनमा बाइस वर्षदेखि शिक्षण पेसा गर्दै आएका शिक्षकहरु समेत रहेको भन्दै उनले सरकारले अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न नचाहेको आरोप लगाए ।

उनले आफूले व्यवस्थापिका संसदको अबको बैठकमा समेत अस्थायी शिक्षकहरुको आन्दोलनबारे बिषय उठाउने विश्वास व्यक्त गरे । संघीय समाजवादी फोरमले अस्थायी शिक्षकहरुको आन्दोलनको पक्षमा विहीबार प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएको छ ।

‘अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिले नेपाल सरकारसँग विभिन्न चार सुत्रीय माग राखेर असार २ गतेदेखि काठमाडौंको भद्रकालीमा सुरु गरेको आमरण अनसनप्रति संघीय समाजवादी फोरम नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ पार्टीका सचिव रत्नेश्वर लाल कायस्थद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्थायी शिक्षकहरुको जायज मागप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्दै यथाशीघ्र सम्बोधनका लागि संघीय समाजवादी फोरम नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

हाल देशभर करिब २६ हजार अस्थायी शिक्षक छन् । जसमध्ये १४ हजार महिला रहेको बताइएको छ ।
४ बुँदे माग राख्दै उनीहरु गत असार २ गतेदेखि भद्रकालीमा आमरण अनसन बसिरहेका छन् । आमरण अनसन बस्नेमा किसुन प्रसाद यादव, जित बहादुर गुरुङ, कलावती जोशी, सुलेखा देवी कायस्थ र कलु केसी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ