arrow

हेटौंडामा फार्मेसीको दादागिरी, अनुगमन गरेको विरोधमा दिनभर मेडिकल बन्द

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ असार ८ बिहिबार
medical_banda.jpg

हेटौंंडा । हेटौंडाका स्वास्थ्य व्यवसायीहरुले दादागिरी देखाएका छन् । औषधी व्यवस्था विभाग र आपूर्ति महाशाखाले अनुगमन गरेको विरोधमा हेटौँडाका मेडिकल तथा फार्मेसी बन्द गरेका हुन्।

विहिबार दिउँसो विभाग, महाशाखा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले संयुक्त अनुगमनका क्रममा दुःख दिएको भन्दै उनीहरुले मेडिकल तथा फार्मेसी बन्द गरेका हुन् । अनुगमन टोलीले रामजानकी मेडिकल हल र उपकार मेडिकल हलमा शिलबन्दी गरेको छ । कानूनी प्रक्रिया नपुगेको भन्दै दुई मेडिकलमा बन्द गरिएको जनाईएको छ । अनुगमन टोलीले लाईसेन्स प्राप्त व्यक्ति फार्मेसीमा बस्नुपर्ने, दर्ता र कर प्रक्रिया पुरा गरेको हुनपर्ने, मापदण्ड अनुसार क्लिनिक संचालन गर्नुपर्ने जस्ता सुझाव दिएको छ । विभागका शाखा अधिकृत निरोध घिमिरेको नेतृत्वमा आएको टोलीले बजारमा अनुगमन गरेको हो ।

व्यवसायीहरुले अनुगमन गर्ने काम सरकारको अधिकारको कुरा रहेको भएपनि सरकारले अनुगमनमा अन्य निकायसँग समन्वय नगरी पटकपटक अनुगमन गर्ने गरेको आरोप लगाएका छन् । 

औषधी व्यवसायी संघ मकबानपुरका पूर्वं सदस्य रमेश अधिकारीले दुई दिन अघि औषधि व्यवस्था विभाग वीरगञ्जबाट मात्रै अनुगमन भएको र दुःख दिने नियतले पुनः अनुगमन भएको आरोप लगाए। क्लिनिक दर्ताका लागि स्वास्थ्य कार्यालय मकवानपुरमा प्रक्रियामा गईसकेको अवस्थामा मेडिकलहरुलाई हतोत्साही गर्ने काम हुनु बेठिक भएको  उनीहरुको बुझाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ