arrow

सरकार र आन्दोलनरत शिक्षकवीच ४ बुँदे सहमति

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
agreement_between_teacher_gov.jpg

काठमाडौ । शिक्षा मन्त्रालय र आन्दोलनरत अस्थाई शिक्षकबीच ४ बुँदे सहमति भएको छ । उप–प्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ तथा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको उपस्थितिमा शिक्षामन्त्रालयबाट गठित वार्ता टोली र  आन्दोलनरत अस्थाई शिक्षक र नेपाल शिक्षक महासंघवीच शुक्रबार शिक्षामन्त्रालयमा ४ बुदेँ सहमति भएको हो । 

सहमतिमा २०६१ साल साउन २२ देखि ७२ असोज २ सम्मको रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ औं प्रतिशतमा खुला विज्ञापनबारे आन्तरिक विज्ञापन पद संख्या समायोजनकालागि मन्त्रालयले थप गृहकार्य गर्ने  र यसकालागि शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत शिक्षकका प्रतिनिधि रहेको ११ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । 

त्यस्तै शिक्षक बिज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षलगायतका विषय सुधार गर्न थप गृहकार्य गर्ने, शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसार सुबिधाका अतिरिक्त औषधि उपचार खर्चको पनि व्यवस्थ गर्न शिक्षा ऐन संशोधन प्रक्रिया अगाडी बढाउनुका साथै काठमाडौको भद्रकालीमा बसेको अनशनलगायतका सम्पूर्ण आन्दोलन तत्काल फिर्ता लिने पनि सहमति भएको छ । 

आन्दोलनरत शिक्षकहरुले अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएई स्थायी गरिनुपर्ने, शतप्रतिशत अस्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, अवकाश प्राप्त अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरहको औषधि उपचार र उपादान उपलब्ध गराउनुपर्ने र स्वेच्छिक अवकाश लिन चाहने अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह सेवा सुविधा प्रदान गरिनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए । मन्त्रालयमा भएको वार्ता अघि शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ भद्रकाली पुगि सात दिनदेखि अनशनरत ५ जना शिक्षकलाई जुस ख्वाई अनशन तोडाएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ