arrow

यस्तो छ रामधुनी नगरपालीकाका उम्मेदवार चौधरीको चुनाबी एजेन्डा

logo
प्रकाशित २०७४ असार १० शनिबार
Ramdhuni_Nagarpalika.png

सुनसरी ।  निष्ठावान राजनीतिज्ञको रुपमा छवि बनाएका नेपाली काँग्रेस सुनसरीकै पूराना नेतामा पर्ने जयप्रकाश चौधरी रामधुनी नगरपालिकाको मेयरका उम्मेदवार हुन् । उनी पञ्चायतकालमा डुम्राहा गाबिसको उपाध्यक्ष भएपनि त्यसयता कुनै लाभको पदमा छैनन् । निरन्तर जनताको सुखदुःखमा आवाज उठाउँदै आएका छन् ।
उनलाई गाउँलेसँगै अन्य राजनीतिक दलले समेत इमानदार, निस्ठावान र निष्कलंक नेताको रुपमा चिनिन्छ ।

जयप्रकाश आफू स्यम इतिहास भइसके ।  उनले रामधुनी क्षेत्रमा देखेका–भोगेका अनुभव गरेका, समस्या, ती समस्याको समाधानका उपाय, अब गर्नुपर्ने विकासबारे सम्पूर्ण फेहरिस्त सुनाउँदै मतदातासमक्ष मत माग्न खटिएका छन् ।

चुनाबी एजेन्डा
रामधुनी नगरपालिकाका मेयरका उम्मेदवार जयप्रकाश चौधरीले रामधुनीलाई प्रदेश नं. कै धार्मिक क्षेत्र बनाउने योजना रहेको सुनाए । घनाजंगलको माझमा अवस्थित रामधुनी मन्दिर र  मन्दिर परिसरमा रहेका सहायक मन्दिर, कलसकुण्ड (पोखरी), धर्मशाला लगायतका भौतिक संरचनाहरुको मर्मत  तथा पुनःनिर्माण अहिले हुन सकेको छैन् । रामधुनी क्षेत्रमा व्यवस्थित वनभोज स्थल पनि मन्दिर क्षेत्रमै निर्माण गरिनेछ ।

झुम्कालाई किसानले उत्पादन गरेको उत्पादित सामग्री विक्री केन्द्र बनाउने, एक हजार जना अटाउन सक्ने क्षमताको सिटी हल निर्माण, व्यवस्थित पुस्तकालय, रामधुनी क्षेत्रमा पर्ने वस्ती र वडालाई जोड्ने बृहत्तर रामधुनी चक्रपथ निर्माण गर्ने योजना रहेको मेयरका उम्मेदवार चौधरीले पत्रकार सम्मेलनमा सुनाए । उनका अनुसार, इलाका प्रहरी कार्यालयलाई नमूना प्रहरी कार्यालय बनाउने, हरियाली र सफा रामधुनी बनाउने पनि चुनाबी एजेन्डा रहेको छ। यस्तै, पानीटङ्की विस्तार, रामधुनी क्षेत्रमा ५० शैयाको हस्पिटल निर्माण, महिला, जेष्ठ नागरिक र दलित समूदायको हितका निम्ति विशेष कार्यक्रम ल्याइने पनि चुनाबी एजेन्डा छ । जेष्ठ नागरिक, एकल महिला अपाङ् भत्ता घर घरमा पुर्‍याउने चुनाबी एजेन्डा रहेको चौधरीले सुनाए ।
 
रामधुनीलाई नमूना नगर बनाउनका लागि नगरका कर्मचारीलाई विशेष सुविधा दिइने, कृषिमा आधूनिकीकरण, उत्कृष्ट सफल किसनलाई बार्षिक रुपमा सम्मान, अपुरो रहेको वधशाल निर्माण पूरा गर्ने, बृद्दाआश्रम निर्माण गर्ने, बन्द निषेधीत क्षेत्र बनाउने, सुनसरी खोलामा दाहसंस्कार स्थल निर्माण गर्ने र महिला सशक्तीकरण कार्यक्रम गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अहिले शहरी क्षेत्रमा समस्याको रहेको रुपमा रहेको फोहोर व्यवस्थापन रामधुनीमा पनि छ । यसलाई समाधान गर्ने, रामधुनी क्षेत्रको कृषि केन्द्रलाई कृषि कलेज बनाउने, भासी कलेजको स्तरोन्नति गर्ने र बक्लौरीमा व्यवस्थित कलेज निर्माण गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमा जनाइयो । चौधरीले सम्पूर्ण जातजाति, वर्ग, क्षेत्रलाई संगठीत गरि साझा अभिभावक भएर काम गर्ने बताउँदै भने, ‘म वर्ग संघर्षको कुरा गर्दिन् । समानताको कुरामा जान्छौं ।’  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ