arrow

हत्यारलाई बचाउन प्रहरी र डाक्टर नै लागेको आरोप

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
843945176.jpeg
काठमाडौ । गत असोज १७ गते ललितपुरको ठूला दुर्लुङ्ग गाविस ८ मा बारीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी सरिता तिमिल्सिनाको हत्यालाई आत्महत्या बनाउने षडयन्त्र भईरहेको दावी मृतकका माईती पक्षले गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित पक्षले पत्रकार सम्मेलन गरेर ५ दशमलब ४ ईन्च हाईटकी तिमल्सिना ५ दशमलब २ ईन्च अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको, शरिरभरी यातनाका चिन्हहरु भएको र मृतको घाटिमा दुई वटा डाम रहेको अवस्थाले मृतकले आत्महत्या गरेको नभई हत्या गरेर झुण्डाईएको प्रमाणित हुने दावी गरे । 
मृतकको शबलाई हेरेर तत्कालै स्थानीय प्रहरीले हत्या भएको भन्दै मृतकका ससुरा कृष्णप्रसाद घिमिरे र श्रीमान उपेन्द्र घिमिरेलाई हथकडी लगाएर चापागाँउ प्रहरी पुर्याएका थिए । शबलाई पनि पोष्टमार्टमकालागि पाटन अस्पताल पुर्याईएकोमा प्रहरीले आफू अनुकुलका चिकित्सक नभएका कारण त्यहाँ नगराई टिचिङ्ग अस्पतालमा पुर्याएर पोष्टमार्टम गराएर हत्यालाई आत्महत्या बनाएको मृतकका दाई विश्वराम तिमल्सिनाले आरोप लगाए । 
 
उनले टिचिङ्गका डा. हरिहर वस्तीले आत्महत्या भएको भन्दै शरिर भरी आगोले डामेर दिएको यातनालाई समेत घामको एलर्जि भनेर रिपोर्ट दिएको र प्रहरीले पनि आफूहरुको किटानी जाहेरी लिन नमान्दा आफूहरु अन्यायमा परेको गुनासो गरे । मृतकका पीता भिमप्रसाद तिमल्सिनाले घटनाको निष्पक्ष छानविन गरेर दोषीमाथि कारवाही गरेर आफूहरुलाई न्याय दिलाउन अनुरोध गरे । गत चैत्रमा घिमिरेसँग प्रेम विवाह गरेकी मृतकको  ५ महिनाको गर्भ समेत रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ