arrow

‘हेडबट्’ गर्ने जिदान रियाल प्रशिक्षक, टाउको ठोक्ने र टोक्नेबीच ला लिगा भिडन्त

बार्सा भर्सेस रियाल

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
zidane-perez.jpg.jpeg
एजेन्सी । स्पेनिश क्लब रियाल मड्रिडले प्रशिक्षक राफा बेनिटेजलाई बर्खास्त गरेको छ । ५५ वर्षीय स्पेनिश प्रशिक्षक बेनिटेजको ठाँउमा फ्रेन्च फुटबल हस्ती जिनेदिन जिदान प्रशिक्षक बनेका छन् ।  रियाल मड्रिडले बेनिटेजलाई प्रशिक्षकमा नियुक्त गरेको सात महिनाको छोटो अवधिमै बर्खास्त गरेको हो ।
 
क्लब बोर्ड र बेनीटेजबीच भएको छलफलपछि बेनिटेज बर्खास्तगिमा परेका हुन् । बेनिटेज रियाल मड्रिडबाट पछिल्लो १२ वर्षको अवधिमा हटाइएका ११ औं प्रशिक्षक हुन् ।  बेनिटेजको ठाँउमा आएका जिदान यसअघि रियाल मड्रिडकै जुनियर टिमका प्रशिक्षक थिए । यो भन्दा पहिले जिदानले लामो समय रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेले । 
 
को हुन् बेनिटेज ? 
सात महिना अघि मात्रै बेनिटेज रियालको प्रशिक्षक नियुक्त हुँदा प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्त भएका थिए । आहिले उनको ठाउँमा जिदान आए । रियालले बेनिटेजलाई ३ वर्षका लागि अनुबन्धन गरेको थियो । यसअघि ईटालियन क्लब नेपोलीको प्रशिक्षक रहेका बेनिटेज गत जुन महिनामा मड्रिड पुगेका थिए ।  इटालियन क्लब नेपोलीमा पाँचबर्से सम्झौता समाप्त भएपछि बेनिटेजले क्लबमा थप समय बस्न चाहेनन् ।  
 
पूर्वलिभरपुल प्रशिक्षकसमेत रहेका बेनिटेजले आफ्नो करिअरको सुरुआत समेत रियाल मड्रिडबाटै गरेका थिए । उनले रियालको ‘बी’ टिमलाई १९९३ देखि १९९५ सम्म सम्हाले । उनी २० वर्षपछि पुनः रियालको सिनियर टिमलाई सम्हाल्न पुगेकामा बर्खास्तगिमा परेका छन् । रियाल पुगेपछि उत्साही देखिएका बेनिटेज छोटो अबधिमै निस्कनु पर्दा दुःखी भएका छन् । नेपोली जानु अघि बेनिटेज इन्टरमिलान छाडेर इङ्गलिश क्लब चेल्सी पुगेका थिए । सन् २००४ मा भ्यालेन्सियाबाट लिभरपुल पुगेका उनले २००५ मा च्याम्पियन्स लिग जिताएका थिए भने २००७ मा फाइनलसम्म टोलीलाई धकेलेका थिए । एक पटक उनी फ्रान्सको पेरिशमा युवा टोलीको कोच समेत बने । 
 
जिदानको विगत के ? 
जिनेदिन जिदान रियालकै जुनियर टोली सम्हालिरहेका थिए । अब उनी सिनियर टोली सम्हाल्दै छन् । तर, उनको विगत कोट्याउने हो भने जिदान चाँडै आवेगमा आउने फुटबलर हुन् । जिदानले सन् २००६ मा भएको विश्वकप फुटबलको फाइनलमा मैदानमै विपक्षी टोलीका खेलाडीलाई टाउकोले हिर्काएर रातो कार्ड पाएका थिए । उनले ईटली र फ्रान्सबीचको फाइनलको ११०औं मिनेटमा आक्रामक हुँदै ईटलीका सेन्टर ब्याक मार्को माटेराजीलाई टाउकोले हानेर जमिनमा लडाएका थिए ।  
Zinedine Zidane's headbutt
 
यद्यपि, जर्मनीको बर्लिन ओलम्पिक स्टेडियममा भएको विश्वकप ईटलीले नै जितेको थियो । २००६ मा ईटलीले युरोपीयन मुलुक मध्ये सबै भन्दा बढी चौथो पटक विश्वकप जितेको हो । त्यस अघि ईटली तीन पटक पेनाल्टी शूटआउटमा हारेर वल्र्डकपबाट बाहिरिएको थियो । यद्यपि २००६ मा ईटलीले फ्रान्सलाई ५–३ को स्कोरले हराएको थियो । 
 
(भिडियो हेर्नुस्) 

जिदान उत्तेजनाको रहस्य 
निर्धारित ९० मिनेट र इन्जुरी समय सकियो । यद्यपि, स्कोर १–१ को बराबरी मै रहयो । खेल अतिरिक्त समयमा धकेलियो । फ्रान्स आक्रामक प्रदर्शनमा उत्रियो । जिदानको एउटा हेड गोलपोस्ट छोएर बाहिरियो । त्यस लगत्तै मैदानमै एक शर्मनाक घटना घट्यो । जसका कारण फ्रान्सले प्रतियोगिता गुमाएको विश्लेषण भयो । जिदान दौड्दै गएर ईटलीका माटेराजीको टाउकोमा आफ्नो ठाउको ठोक्काए । माटेराजी मैदानमा लडे । रेफ्री होरिको एलिजोन्डोले जिदानलाई रातो कार्ड देखाए । उक्त घटनाबारे कयौं चर्चा भयो । यद्यपि, जिदान उत्तेजित भएकोबारे  रहस्य बन्यो । जिदानलाई उत्तेजित पार्ने कार्य ईटलीले नै गरेको भन्ने चर्चा समेत त्यसताका भएकै हो । यस्तै, अतिरिक्त समय सकिन १० मिनेट बाँकी छँदा फ्रान्स १० खेलाडीमै सय गुजार्न बाध्य भयो । केही समय थेयरी हेनरीले ईटलीको क्याम्मा सनसनी मच्चाए । यद्यपि, गोल गर्न सकेनन् । 
 
ठोक्ने र टोक्नेको भेट 
सन् २०१४ को ब्राजिल विश्वकपमा ईटलीकै डिफेन्डर जर्जियो केलेनीलाई टोक्ने स्टार स्ट्राईकर लुईस सुआरेज र जिदानको भेट हुँदैछ । स्पेनिश लिग ला लिगा फुटबल प्रदर्शनकै कारण रियालको जिम्मेवारी पाएका जिदानको भेट बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने सुआरेजसंग हुनेछ । ला लिगामा बार्सा दोस्रो स्थानमा रहँदा रियाल तेस्रो स्थानमा छ । उरुग्वेबाट खेलेका सुआरेजले २०१४ को विश्वकपको खेलमा ईटलीका डिफेन्डर केलेनीलाई टोकेपछी विश्वकपका बाँकी खेल तथा थप ९ खेलको प्रतिबन्ध खेपेका थिए । प्रतिबन्ध फुकुवा भएपछि उनी बार्सिलोना गएका हुन् । अब, ईटलीका खेलाडी टोक्ने र ठोक्नेको भेट रोचक हुनेछ ।      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ