arrow

लोमान्थाङमा पचास प्रतिशत पर्यटक घटे

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1623639490.jpeg
मुस्ताङ । मुस्ताङको लोमान्थाङमा पर्यटकको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको छ । सन् २०१५ को अक्टोबर १२ तारिखसम्म १५ सय ४१ पर्यटकले लोमान्थाङमा भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । 
 
गतवर्ष सोही अवधीमा ३३ सय ११ पर्यटकले लोमान्थाङ भ्रमण गरेको तथ्याङ्क छ । गत वैशाखमा गएको भूकम्प र देशमा भइरहेको बन्द हड्तालका कारण पर्यटकको सङ्ख्यामा कमी आएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । 
 
भुकम्पपछि करिब दुई महिना लोमान्थाङ क्षेत्र सुनसान बनेको थियो । पछिल्लो दुई महिना सेप्टेम्बर र अक्टोम्बरमा उत्साहजनक रुपमा पर्यटक भित्रिएको शेरचनको भनाइ छ । “बन्द, हड्तालले निकै प्रभाव पा्र्‍यो, पछिल्लो समयमा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ” उहाँले भन्नुभयो । लोमान्थाङमा सन् २०१५ मा चार हजार दुई सय पर्यटकले भ्रमण गरेको बताइएको छ । 
 
अनौठो भू–वनोट, मुस्ताङी राजदबार, माटोले निर्मित लोमान्थाङ उपत्यका र स्थानीय कलासँस्कृतिमा रमाउन विश्वका विभिन्न मुलुकबाट पर्यटक लोमान्थाङ आउने गरेका छन् । सबैभन्दा बढी फ्रान्स र जर्मनीबाट पर्यटक आएको एक्यापले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ