arrow

विद्यालयलाई पूर्व विद्यार्थीको सहयोगमा १० कम्प्यूटर

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Parsa-hamrakura.jpg.jpeg

पर्सा। पर्सा जिल्लाको सुवर्णगाउँपालिका अन्तर्गत पर्ने ठोरीमा रहेको सरस्वती माबिका पुर्व बिद्यार्थीहरुले विद्यालयको शैक्षिक उन्नतिका लागि २ लाख ५४ हजार मूल्य बराबरको कम्प्युटर सहित अन्य शैक्षिक उपकरण हस्तान्तरण गरेका छन् । 

पूर्व विद्यार्थीहरुको पहलमा स्थापना गरिएको संस्था सरस्वती एलुमुनाई एशोसिएसनले मंगलबार विद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै कम्प्युटर सहितका शैक्षिक प्रयोजनका समाग्री हस्तान्तरण गरिएको हो । 

संस्थाका अध्यक्ष छतेन्द्र आचार्यले विद्यालयको अवस्था आफुहरुकै समयको जस्तो नहोस र विद्यार्थीहरुले सामान्य कम्प्युटरको आधारभूत शिक्षाका लागि मात्रै पनि अन्यत्र धाउनु नपरोस भन्दै कम्प्यूटर सहितका समाग्री हस्तान्तरण गरिएको बताए ।

संस्थाले स्वदेश तथा विदेशमा रहेर काम गरिरहेका पूर्व विद्यार्थीहरुसँगको आर्थिक सहयोगमा १० थान कम्प्युटर सहित कम्प्युटर टेवल, कुर्सी, मल्टिीप्लक र आवश्यक अन्य विद्युतीय उपकरणहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकृष्ण सापकोटा सहित प्रधानाध्यापक केशवप्रसाद रेग्मिलाई हस्तान्तरण गरेको हो ।

सोही बिद्यालयका पहिलो पिएचडी गर्ने बिद्यार्थी डा. डिल्ली प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष आचार्य सहित पूर्व गाविस अध्यक्ष उद्धवप्रसाद सापकोटा, व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रकाश खनाल लगायतले मन्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ