arrow

अफ्रिकाको किलिमन्जरोमा फहराएको झण्डा राष्ट्रपतिलाई

पर्वतारोही संजय सम्मानित

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Rastrapati.jpg.jpeg
काठमाडौं । कृतिमानी विश्व पर्वतारोही संजय पण्डित राष्ट्रपति विध्या देवी भण्डारीबाट सम्मानित भएका छन् । अफ्रिकाको उच्च शिखर किलिमन्जरो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार शिविर मरान्गु गेट देखि अफ्रीकाकै उच्च शिखर सम्म नेपाली ढाका टोपी, दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई राष्ट्रपति भण्डारीले दोसल्ला ओडाएर किलिमन्जरो राष्ट्रिय निकुन्जले प्रदान गरेको कृतिमानी प्रमाण पत्र हस्तान्त्रण गरे । 
 
पण्डितले प्रधामन्त्री के पी ओलीले अफ्रीकाको उच्च शिखरमा फहराउन दिएको नेपालको राष्ट्रिय झन्डा बोकेर, उल्टो हिडेर आरोहण गरी अफ्रीकाको फहराएको झण्डा अंकित साहसिक चिनो राष्ट्रपतिलाई प्रदान गरे । पण्डितले सर्वोच्च शिखर सगरमाथा सहित अन्य महादेशका उच्च हिम श्रृंखलाहरुको  सफल आरोहण गरिसकेका छन् । उनले गत वर्ष अस्ट्रेलियाको उच्च शिखर कोजियसको पनि उल्टो आरोहण गरेर कृतिमान कायम गरे ।
 
उनी नेपालका पहिलो उल्टो हिडेर आरोहण गर्ने विश्व पर्वतारोही हुन् । उनको अन्तिम गनतव्य अन्टार्कटिका महादेशको विन्सोन मशिफ रहेको छ । संजय यूरोपको उच्च शिखरमा ६ मिनेट ०३ सेकेण्ड अर्ध नग्न आरोहणको कृतिमान समेत रचेका छन् । पण्डितले गत वर्ष किलिमन्जरोको तीब्र गतिको आरोहण गरिसकेका छन् । संजय लामो दुरीका धाबक समेत हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ