arrow

सुनसरीको भोक्राहा गाउँपालिकामा सङ्घीय फोरम विजयी

logo
प्रकाशित २०७४ असार १९ सोमबार
sanghiya-samajbadi-forum-nepal.jpg

इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव विजयी भएका छन्। आज बिहान घोषणा गरेको नतिजाअनुसार यादवले नेपाली काँग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै विजयी भए।

यादवले तीन हजार ५२८ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिए।

त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी एककि छन्। उनले तीन हजार ३४३ मत ल्याई विजयी भएकि हुन्।

उनले काँग्रसकी अञ्जु मेहतालाई एक हजार ३८ मत अन्तरले पराजित गर्दै विजयी भइन्। अञ्जुले दुई हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी भोक्राहा गाउँपालिकाका वडाध्यक्षहरुमा – १ मा एमालेका ललित थापा, २ मा नेपाली काँग्रेसका आलम मियाँ, ३ मा सङ्घीय समाजवादीका सुकदेव यादव, ४ मा काँग्रेसका हारुन अन्सारी, ५ मा एमालेका वसरुदिन मियाँ, ६ मा सङ्घीय समाजवादीका राजेश्वरप्रसाद यादव, ७ मा रामचन्द्र यादव, विजयी भएको निर्वाचन आयोगले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ