arrow

हृदयेश त्रिपाठीले भने –महन्थ ठाकुरजी बाहेक सबै म भन्दा जुनियर नै हुन्

म वरियताको विवाद झिक्ने भए तमलोपा एकीकरणमा जाँदैन थियो

logo
प्रकाशित २०७४ असार २० मंगलबार
Hridayesh-Tripathi-news.jpeg

काठमाडौं । विभिन्न ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र आन्तरिक द्वन्द्व सिर्जना भएको चर्चा भइरहेकै बेला वरिष्ठ नेता हृदयेश त्रिपाठीले आफुबारे हल्ला र सस्तो प्रचार भएको बताएका छन् ।
आफु अस्वस्थ रहेकाले कुनै पनि बैठकमा सहभागि हुन नपाएको बताउँदै त्रिपाठीले भने, ‘मेरो बारे मिडियामा आएका समाचार हेरे । वरियताक्रम नमिलेको भन्दै असन्तुष्ट भएको भनियो । वरियताको कुरा उठाएपनि आकस्मिक बैठक बसेको पनि भनियो ।’ यो कसैले त्यही (पार्टी) भित्रबाट प्रचार गराएका हुन सक्छन् । यो हल्ला र सस्तो प्रचार हो, नेता त्रिपाठीले हाम्राकुरासँग भने ।

आफुले त्रिपाठीले वरियताको विवाद निकाल्ने भए तमलोपा एकीकरणमै जाँदैन थियो, भने । उनले थपे, ‘वरियताको विवाद उठाउने भए मैले नै अनिल झाहरुलाई बोलाएर एकीकरण गराउँथे र ? वरियताको कुरा गर्ने हो भने महन्थ ठाकुर जी बाहेक  सबै जुनियर नै छन् ।’

वरियताकै कुरा उठाउने भए एकीकरणमै मैले शर्तका रुपमा राख्थे, त्रिपाठीले भने, ‘यो विषय मैले लुकाउने कुरा पनि रहँदैन थियो ।’ कसैले हल्ला र प्रचार गरेका होलान् । चुनाव अघि देखि म पश्चिम तिरै थिए । बैठक बसेको समेत थाहा छैन, –त्रिपाठीले भनेका छन् ।  

सरकारसँग सम्बन्ध राख्नुको अर्थ नै छैन
नेता त्रिपाठीले सरकारसँग भएको तीन बुँदे  भंग भइसकेको बताए । उनले भने, ‘तीन बुँदे भंग भएपछि सरकासँग सम्बन्ध गासिरहनु पर्ने के छ र ?’ सरकार आफैले सहमति कार्यान्वयन नगरेर भंग गरेको त्रिपाठीको आरोप छ । यस्तै, एमालेसँग सम्बन्ध विस्तार गर्ने कुरालाइै भने उनले बाहिर मान्छेहरुले धेरै बुझेको भने । त्रिपाठीले एमालेसँग सम्बन्ध विस्तार गर्ने भन्ने विषय बढी बुझियो, –भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ