arrow

यो वर्षको वैदेशिक व्यापार : निर्यात निकै निराशाजनक, भारतसँग मात्रै ६५ प्रतिशत व्यापार  

logo
प्रकाशित २०७४ असार २१ बुधबार
TEPC.jpeg

काठमाडौं । यो वर्षको पहिलो ११ महिनामा कूल व्यापारमा २६ प्रतिशत बृद्धि भएको छ । मुलुकमा अन्तराष्ट्रिय बजारबाट आयोत गर्ने सामान र निर्यातको दर अघिल्लो आर्थिक वर्षको यही समयसँग तुलना गर्दा २६ प्रतिशतले बढेको हो  ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७३÷७४ को प्रथम एघार महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ६० अर्ब ४६ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ प्रतिशत र ९३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ५.८ प्रतिशतले वृद्धि भई रु ६७.३६ अर्व पुगेको छ । यो दर आयातको तुलनामा निकै कम हो । जबकी कुल यो वर्ष पैठारीमा २८.१ प्रतिशतले वृद्धि भई रु. ८९३.१० अर्व पुगेको छ । 

आ.व. २०७२÷७३ को प्रथम एघार महिनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:११ रहेकोमा आ.व. २०७३÷७४ को सोहीअवधिमा निकासी -पैठारी व्यापारको अनुपात १:१३.३ रहन आएको छ । नेपालको वैदेशिक व्यापारलाई भारत, चीन तथा अन्य मुलुक गरी तीन भागमा वर्गीकृत गर्न सकिन्छ । उपरोक्त संरचना अनुसार आ.व. २०७३÷७४ को प्रथम एघार महिनामा भारतसँगको नेपालको कुल व्यापारको अंश ६५ प्रतिशत रहेको छ भने चीन तथा अन्य मुलुकको अंश क्रमशः १२.३ प्रतिशत तथा २२.७ प्रतिशत रहेको छ । 

निकासीतर्फ भारत, चीन र अन्य मुलुकको योगदान क्रमशः ५८.१ प्रतिशत, २.३ प्रतिशत तथा ३९.६ प्रतिशत रहेको छ । यसैगरी पैठारीतर्फ भारत, चीन र अन्य मुलुकको योगदान क्रमशः ६५.५ प्रतिशत, १३.१ प्रतिशत तथा २१.४ प्रतिशत रहेको छ । आ.व. २०७३÷७४ को प्रथम एघार महीनाको अवधिमा नेपालको भारत, चीन र अन्य मुलुकसँगको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ३३.४ प्रतिशत, १०.२ प्रतिशत तथा १७.३ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा अवधिमा निर्याततर्फ भारत र अन्य मुलुकतर्फको निकासीमा क्रमशः १०.७ प्रतिशत तथा १.४ प्रतिशतले वृद्धि भएकोमा चीनतर्फको निकासी भने २१.५ प्रतिशतले ह्रास आएको छ । यसैगरी पैठारी तर्फ समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको पैठारीमा क्रमशः ३५.३ प्रतिशत, १०.८ प्रतिशत तथा २०.० प्रतिशतले वृद्धि भएको पाइन्छ ।अन्य मुलुक मध्ये टर्कीतर्फ पोलिष्टर यार्नको निकासीमा (रु ३.५१ अर्व) भएको उल्लेख्य वृद्धिका कारण समीक्षा अवधिमा त्यसतर्फको निकासीमा ९०.६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ