arrow

आइसिटी अवार्ड २०१७ आयोजना हुँदै, अवार्डकोलागि अनलाइन नोमिनेसन सुरु 

logo
प्रकाशित २०७४ असार २१ बुधबार
Ict_progrem.jpg

काठमाडौं । नेपालको अग्रणी आइटी मिडिया लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै लिभिङ विथ आइसिटीले सो जानकारी दिएको हो । अवार्ड घोषणा कार्यक्रम आगामी भदौ २ गते गरिनेछ । यस क्षेत्रका विज्ञहरुको जुरी समुहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम विजेतालाइ अवार्ड कार्यक्रममा विशेष सम्मान गरिने छ ।  

यस वर्ष आइसिटी अवार्डमा विभिन्न ५ वटा विधा समावेश गरिएको छ । यी विधाअन्तर्गत बेस्ट आइसिटी स्टार्टअप कम्पनी अवार्ड २०१७, बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७, आइसिटी पायोनियर अवार्ड २०१७, आइसिटी स्कोलर अवार्ड र बेस्ट नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१७ रहेका छन । यी अवार्डहरुमा सहभागी हुन www.ictawardnepal.com वेबसाइटमा लगाइन गरि सम्बन्धित अवार्ड विधा (क्याटेगोरिज)मा अनलाइन रजिस्ट्रेसन गर्न सकिनेछ । 

अनलाइन रजिस्ट्रेसन आजैदेखि अर्थात असार २१ गते सुरु भएको छ । सहभागी हुन चाहने कम्पनी वा व्यक्तिले असार ३१ गतेसम्म अनलाइन रजिस्ट्रेसन फारम बुझाइसक्नु पर्ने आइ सि टेक मिडियाका अध्यक्ष राजन लम्सालले जानकारी दिए । स्टार्टअप कम्पनी अवार्डमा ३ वर्षभित्रका नयाँ आइटी कम्पनीहरुले अवार्डमा भाग लिन सक्नेछन भने इनोभेटिभ प्रडक्ट अवार्डमा एक वर्षभित्र विकास गरिएका प्रडक्टको आधारमा अवार्डमा सहभागी हुन सकिनेछ । यसैगरी आइसिटी स्कोलर अवार्डमा आइटी तथा इन्जिनियरिङका विद्यार्थीहरुले बनाएका प्रोजेक्टको आधारमा सहभागी हुन सक्नेछन । 

आइसिटी पायोनियर अवार्ड यस क्षेत्रमा महत्वपुर्ण योगदान दिएका व्यक्तिलाइ विशेष सम्मान हो । यसैगरी आइसिटी डायस्पोरा अवार्डमा विदेशमा बसेर आइटीमा काम गरी नेपालको पहिचान दिन सक्ने कम्पनी वा व्यक्तिलाइ दिइने अवार्ड हो । आइ सि टेक मिडियाद्धारा सञ्चालित लिभिङ विथ आइसिटी म्यागेजिनको वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि आइसिटी अवार्डको सुरुवात भएको थियो । गतवर्ष आइसिटी स्टार्टअप अवार्डमा सस्तो डिल, कुल टेक्नो ल्याब, नेपफ्लाइट र एल्लो नेपालले अवार्ड प्राप्त गरेका थिए । यसैगरी कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाइ आइसिटी पायोनियर अवार्डबाट सम्मान गरिएको थियो । यस वर्षको आइसिटी अवार्डमा गतवर्षको तुलनामा ३ नयाँ क्याटेगोरिज थपिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ