arrow

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
dang_district_map.png

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी भएका छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित भए । 

त्यसैगरी, उपप्रमुख पदमा एमालेका माया आचार्य २१ हजार ३६ मत ल्याई विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गरेको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । 

कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ