arrow

पूर्वराजा ज्ञानेन्द्र शाहले आफनो जन्मोत्सव भव्यरुपले मनाउँदै 

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार (असार २३ गते) ७१ औं जन्मदिन मनाउने भएका छन् । 

आजबार ७० बर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ ।

निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त तथा ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।

विहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ