arrow

स्थानीय तह निर्वाचनः एमाले १४६, काँग्रेस ११८ र माओवादी केन्द्रलाई ३८ तह 

मात्र १० तहको नतिजा आउन बाँकी 

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
3dal1.jpg

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ ।

३३४ स्थानीय तहमध्ये अहिलेसम्म ३२४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएकामा एमालेले १४६ तह जितिसकेको छ ।

संसदको पहिलो दल नेपाली कांग्रेसले भने जम्मा ११८ तहमा प्रमुख पद जितेको छ । अब मतपरिणाम आउन बाँकी १० तहमा काँग्रेस विजयी हुँदासमेत एमालेलाई भेट्न सक्ने छैन । 

नेकपा माओवादी केन्द्रले जम्मा ३८ तह जितेको छ । यस्तै संघीय समाजवादी फोरमले ७,  फोरम लोकतान्त्रिकले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, राष्ट्रिय जनमोर्चाले २ र ३ जना स्वतन्त्र उम्मेदवारले मुख्य पद जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ