arrow

जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा घिमिरेले उम्मेदवारी दिने

logo
भरत प्रधान,
प्रकाशित २०७४ असार २३ शुक्रबार
binod_ghimire.jpg

लिस्बन (पोर्चुगल)। नेपाली काँग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशन नजिकिए सँगै चुनावी चर्चा सुरु भएको छ । चुनावी चर्चाकाबीच समितिका महामन्त्री बिनोद घिमिरेले आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

 यही जुलाई २३ तारिखका दिन लिस्बनमा हुन गईरहेको समितिको पाँचौ अधिबेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घिमिरेले बताएका हुन् । एक कार्यकाल कार्यसमिति सदस्य र पछिल्लो दुई कार्यकाल महामन्त्रीका रुपमा समितिको नेतृत्व तहमा रहेर काम गरेका घिमिरेले आफूलाई सभापति पदको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । समितिको नेतृत्व गर्ने पालो सरासर आफ्नै भएका कारण सभापतिको आँकाक्षी भएको घिमिरेको भनाई छ । उनले सँगठनका लागि आफूले गरेको काम, योगदान र निरन्तरको सकृय क्रियाशीलतालाई मूल आधार बनाएर सभापति पदको दाबेदारी प्रस्तुत गरेका छन् ।

“सँगठनको स्थापनाकाल देखि नै म हरेक गतिबिधीमा सकृय भएर लागि परेका छु ।’  घिमिरेले भने,’– मैले उम्मेदवारी दिने निश्चित हो ।’, उल्लेख्य साथीहरुले मलाई सर्मथन गर्नुभएको छ । अब अझै शसक्त भएर लाग्ने प्रतिबद्धताका साथ समितिको नेतृत्वमा आउन चाहेको हुँ ।” आफूलाई शसक्त उम्मेदवारका रुपमा प्रस्तुत गरेका घिमिरेले सहमतीमा नेतृत्व चयन भए आफूलाईपनि स्वीकार्य भएको प्रतिक्रिया दिए । तथापी सहमती सर्बस्वीकार्य हुनुपर्नेमा उनको जोड छ ।

घिमिरेका अनुसार पोर्चुगलमा रहेका नेपाली काँग्रेससँग आस्थावान् सबैलाई सँगठीत गर्ने, यहाँ क्रियाशील सबै सँघसँस्थासँग सहकार्य र समन्वय गर्ने, नेपालीहरुका समस्या समाधानका लागि सँगठनात्मक ढँगबाट पहल गर्ने लगायतका योजनाका साथ अघि बढेका छन् । बिद्यार्थी जीबन देखि नै नेपाली काँग्रेसको राजनितीमा सकृय भएका घिमिरे नेपाल बिद्यार्थी संघ अर्घाखाँचीका पूर्व जिल्ला सदस्य समेत हुन् ।अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ