arrow

स्थानीय तहका महिला 'श्रीमान'हरु भन्छन्- ''काम गर्न सक्छौं''

logo
सुवास निरौला.
प्रकाशित २०७४ असार २३ शुक्रबार
uccha-adalat.jpeg

काठमाडौं। स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन पछि करिब ६ सय स्थानीय तहका महिला नेतृहरुको काँधमा न्याय निसाफको जिम्मेवारी आईपरेको छ।

बैशाख ३१ र असार १४ गते दुइ चरणमा भएको निर्वाचनमा ६ सयको हाराहारीमा महिला प्रतिनिधिहरुले उप प्रमुख पदमा विजय हाँसिल गरेका छन्। नेपालको संविधानले नै स्थानीय तह भित्रको न्यायनिसाफ गर्ने काम उपप्रमुखहरुमा रहेको उल्लेखगरेको र अधिकांश स्थानीय तहहरुमा महिला नेतृहरुले उपप्रमुखको पद जितेकोले स्थानीय तहको न्यायनिसाफमा महिलाहरुको भूमिका बढेको मान्न सकिन्छ। उनीहरु अब सो स्थानीय तहका श्रीमानहरु अर्थात् न्यायाधीस बनेका छन्। 

गाउँ एवम् नगरपालिका उप्रमुखको अध्यक्षतामा ३ सदस्यीय न्यायिक समिति बनाउने र स्थानीय तहमा आइपरेका सामान्य किसिमका मुद्दाहरु फर्च्छ्यौट गर्ने अधिकार उपप्रमुखलार्इ दिर्इएको छ। उपप्रमुख नेतृत्वको समितिले गरेको न्याय निसाफ चित्त नबुझेको खण्डमा मात्रै जिल्ला अदालतमा पुनरावलोकन गर्न पार्इन्छ । त्यसैले स्थानीय स्तरमा देखिएका समस्याहरुको समाधानको लागि पहिलो सुनुवार्इ उपप्रमुख नेतृत्वको समितिले गर्ने भएको हो।

कुनै समय घरभान्सामा सीमित महिलाहरु अहिले न्यायप्रदायक बनेका छन्। काठमाडौंको ताराकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेलले आफू जस्तै महिलाका समस्याहरु समाधान गर्न पाएकोमा खुसी व्यक्त गरिन्। आफु पनि कानूनको बिद्यार्थी नै भएकाले सबैलाई न्यायोचीत ढंगले फैसला गर्ने बतार्इन्।

तिलागुफा गाँउपालिका कालीकोटकी उपाध्यक्ष दर्शना नेपालीले पहिलो पटक भएकाले केही चुनौतीपर्ण रहने भएपनि असम्भव भने नरहने विश्वास व्यक्त गरिन्। यसलाई चुनौती भन्दा बढी अवसरको रुपमा लिएको भन्दै उनले समाजमा पुरुषभन्दा बढी महिला हिंशामा पर्ने भएकाले महिलाहरुबाट नै समस्याको समाधान गर्न सहज र न्यायोचीत हुने उनको भनाई छ।

राजनीतिक दलहरुले महिलाहरुलाई प्रमुखको उम्मेदवार नबनाएको भए पनि स्थानीय  तहको प्रमुख कार्य न्याय सम्पादनको जिम्मा भने महिलाको हातमा आएकोमा खुसी देखिन्छन्। कतिपय तहमा पाटीहरु बिचको गठवन्धनका कारण उप प्रमुखमा समेत नपाएकोमा दुखेसो पोखेका छन्।  पार्टीहरुले आफ्नो घोषणा पत्रमा पुर्ण समानुपातिक प्रतिनीधित्वको प्रतिबद्धता जाहेर गरेको भए पनि महिलाहरुले आफै उपप्रमुखमा नै उम्मेदवारी दिएको समेत ताराकेश्वर नगरपालिकाकी उपप्रमुख डोटेलको भनाई छ।

राज्यका प्रमुख पद महिलाले समालीसकेकाले पनि आफुहरुले सहज तरिकाले न्याय दिन सक्ने कुरामा आफूहरु विश्वस्त रहेको बताउँछन्। पार्टीहरुले उम्मेदवार बनाउने क्रममा केही कमी जस्तो देखीएको भएपनि अगामी चुनावमा सवै प्रमुखमा महिलाहरुले नै जित्ने काग्रेस नेत्री सरिता प्रसाईको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ