arrow

शान्ति शिक्षा अभियान नेपालले काँभ्रेको श्वेत वराह माध्यमिक विद्यालयको २ कोठे भवन निर्माण

logo
प्रकाशित २०७४ असार २४ शनिबार
shanti-education-kavre.jpg

काभ्रे। शान्ति शिक्षा अभियान नेपालले भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण/मर्मत कार्यक्रम २०७२/७३” अन्तर्गत काभ्रे जिल्ला बनेपा नगरपालिका–२ मा अवस्थित श्वेत वराह माध्यमिक विद्यालयको २ कोठे ट्रस भवन र्निर्माण गरी हस्तान्तरण गरेको छ। जिल्ला शिक्षा अधिकारी डा.दीपेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भवन उद्घाटन तथा हस्तान्तरण गर्दै शान्ति शिक्षा अभियान नेपालले सामाजिक परिक्षण समेत गरेको छ ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  जीवन भण्डारीले विनाशकारी भुकम्पले विद्यालयका पुराना भवनहरु क्षतिग्रस्त बनाएको हुँदा पठनपाठन गर्न गराउन कठिन भएको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले २ कोठे ट्रस भवन निर्माण गरी सहयोग गरेकोमा विद्यालयको तर्फबाट संस्थालाई धन्यवाद व्यक्त गरेका थिए। 

शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा गरिएको सम्झौताको कुल लागत रकम रु २३,४८,८०९ बारे विस्तृत रुपमा समुदायलाई जानकारी गराइन ।

यसैगरी शान्ति शिक्षा अभियान नेपालको अध्यक्ष रविन्द्र महर्जनले भुकम्प पश्चात कक्षाकोठाको अभाव रहेको अवस्थामा भवन निर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे। उनले सो विद्यालयमा कृषि प्राविधिक शिक्षालाई अझ थप ब्यवस्थित बनाउन सम्बन्धित निकायहरुमा सक्दो पहल गर्ने जनाए । संस्थाले हालसम्म २० वटा बिद्यालयहरुको निमार्ण कार्य सम्पन गरी समुदायलाई हस्तान्तरण गरिसकेको उनले जानकारी गराएका थिए। 

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनर्सिङ बादेले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्दिमा विभिन्न संघ  संस्थाको योगदान सहयोग पुगेकोमा हार्दिक धन्यबाद तथा बधाइ दिँदै खुसी व्यक्त गरे ।

बनेपा नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरीशरण घिमिरेले विद्यालयमा कक्षाकोठाको अभावलाई मध्यनजर राख्दै भवन र्निर्माण योजनामा सहयोग गर्नुभएकोमा शान्ति शिक्षा अभियान नेपाललाई धन्यबाद दिए ।

जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले भुकम्पले क्षतिग्रस्त भएको अवस्थामा भवन निर्माण गरी विद्यालयलाई पठनपाठनका लागि सहज वातावरण उपलब्ध गराएकोमा धन्यबाद व्यक्त गरे । उनले काभ्रेमा शान्ति शिक्षा अभियान नेपाललाई शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्न हुन अनुरोध गरे ।

शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्तर्गत विद्यालय भवननिर्माण मर्मत संभार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम,खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

गत बर्ष बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनिय अवस्थालार्ई मध्यनजर गर्दै यस संस्थाले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण÷मर्मत कार्यक्रम २०७२÷७३” अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका २, काठमाण्डौं जिल्लाका ३ र ललितपुरका १२ वटा गरी कुल रु २ करोड ७५ लाख को लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण गर्ने निर्णय गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ