arrow

झापा कांग्रेसको आक्रमक निर्णय : नौजना क्रियाशील सदस्य निकालिए

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असार २५ आइतबार
congress-flag1.jpg

भद्रपुर। स्थानीय निर्वाचनमा नगरको नेतृत्वलाई हराउन भूमिका खेलेको भन्दै नौजना क्रियाशील सदस्यलाई पार्टीबाट निकालिएको छ  । अन्तर्घात गरेको भन्दै   नेपाली काँग्रेस भद्रपुर नगर समितिले उनीहरुलाई पार्टीबाट निकाल्ने निर्णय  गरेको हो ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पुर्‍याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौ जनालाई पार्टीको विधानअनुसार निकालिएको हो ।

भद्रपुर–१ का कुलप्रसाद सङ्ग्रौला, अरुणकुमार उप्रेती, उकीन्द्र खरेल र सरोज सङ्ग्रौला साधारण सदस्य समेत नरहने गरी निकालिएको भद्रपुर नगर समितिले जनाएको छ ।

यसैगरी, भद्रपुर–४ का मनोज केसी, भद्रपुर–७ का दुर्जनसिंह राजवंशी, जगदीश काफ्ले, हरिप्रसाद निरौला पनि निकालामा परेका छन् । भद्रपुर–८ की कुन्तीदेवी राई लगायतले पार्टीको हितविपरीत बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकाले पार्टीबाट निकालिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ