arrow

३३४ तहमध्ये अब धरान उपमहानगरपालिकाको परिणाम आउन बाँकी, एमाले अगाडि

एमालेलाई १५०, काँग्रेसलाई १२२, माओवादी केन्द्रलाई ३८ 

logo
प्रकाशित २०७४ असार २६ सोमबार
election-local-2017.jpg

धरान । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । एक मात्र उक्त क्षेत्रमा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । 

एमालेका मेयर उम्मेदवार तारा सुब्बाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय ९६ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् । 

कांग्रेसका प्रतिस्पर्धी तिलक राईले १२ हजार २ सय ४ मत ल्याएका छन् । 

यस्तै उपमेयरमा एमालेकी मन्जु भण्डारी १५ हजार ३ सय ९१ मतसहित अग्रस्थानमा छिन् भने उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी श्यामा रेग्मीले १२ हजार १ मत ल्याएर पछ्याइरहेकी छिन् । 

यता, ३३४ तहमध्ये ३३३ तहमा एमालेले १५० तह जितेको छ । दोस्रो तहमा १५१ तहमा एमाले विजयी हुने निश्चितजस्तै भएको छ । त्यस्तै काँग्रेसले १२२ तह जितेको छ । तेस्रो स्थानको नेकपा माओवादी केन्द ३८ तह जितमै सिमित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ