arrow

अमरनाथको तीर्थयात्रामा रहेका हिन्दु तीर्थयात्रीमाथि आतंककारी आक्रमण, ७ जनाको मृत्यु, १५ घाइते

logo
प्रकाशित २०७४ असार २६ सोमबार
The-Amarnath-Temple.jpg

कश्मिर। भारत जम्मु काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल अमरनाथ यात्रामा रहेका हिन्दु भक्तजनहरुमाथि मुस्लिम आतंकारीहरुले आक्रमण गरेका छन्। भारतमा सोमबारबाट शुरु भएको साउनको सोमबारको व्रत शुरु भएको दिन नै राती ८ वजेर २० मिनेटमा तीर्थयात्रीमाथि आतंकारी हमला भएको हो। 

आतंककारी आक्रमणमा परि सात जना तीर्थयात्रीको मृत्यु भएको स्थानिय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मृत्यु हुनेमा ५ महिला र २ पुरुष तीर्थयात्री रहेको बताइएको छ। आक्रमणमा परि १५ जना घाइते समेत भएका छन्। 

अनन्तनाग भन्ने स्थानमा तीर्थयात्री चढेको बसमा आतंककारी बन्दुकधारीले आक्रमण गरेका थिए। स्थानिय सञ्चारमा माध्यमका अनुसार १ किलोमिटर भित्र दुई आक्रमण भएको आशंका गरिएको छ। 

अमरनाथ यात्रामा भारत सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको भरोसा दिलाएपनि आतंककारीहरुले गरेको आक्रमणले सुरक्षा व्यवस्था माथि प्रश्न खडा गरेको छ।

यसअघी पनि १० बर्ष अघी सन् २०१७ मा पनि अमरनाथ यात्रामा आतंककारी आक्रमण भएको थियो। 

सरकारले आतंककारी आक्रमणले अमरनाथ यात्रा नरोकिने बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीर्थयात्रीप्रति भएको कायर आतंककारी आक्रमणले भारत नझुक्ने उल्लेख गर्दै सबैले यसको विरोध गर्नुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ