arrow

आणविक सम्झौता कार्यान्वयनको सहमति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
990178421.jpeg
तेहरान । इरान र विश्वका शक्ति राष्ट्रबीच हालै सम्पन्न भएको आणविक सम्झौताको कार्यान्वयनका लागि इरानको संसदले इरान सरकारलाई अनुमति दिएको छ । सो सम्झौता विभिन्न चरणका वार्ताहरुपछि हालैमात्र विश्वका शक्ति राष्ट्रहरु र इरानकाबीचमा सम्पन्न भएको थियो । इरानको संसदले मङ्गलबार सो सम्झौता कार्यान्वयनका लागि इरानी सरकारलाई अनुमति दिएको बताइएको छ । 
 
इरान र विश्वका छवटा शक्ति राष्ट्रबीच सम्पन्न सो सम्झौताको कार्यान्वयनका लागि संसदले अधिकार दिएको बताइएको छ । सो सम्झौताका लागि पारित एक कार्य योजना पनि कार्यान्वयनमा ल्याउन संसदले आवश्यक मापदण्ड अपनाउन सरकारलाई सजिलो बनाइदिएको बताइएको छ । केही महिनाअघि संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरु पाँचवटा र जर्मनीबीच इरानको पारमाणविक सम्झौता भएको थियो ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ