arrow

एनआरएनए अष्ट्रेलियामा घोताने

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
NRNAA_Confernece.JPG

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा टोनु घोताने बिजयी भएका छन् । ८ अप्रिल शनिबार भएको निर्बाचनबाट आगामी २०१७–२०१९ का लागि घाताने निर्बाचित भएका हुन । डेमोक्रेट पक्षका दूई बाँगी उमेद्वार र प्रवासी मंन्च पक्षका १ सहित तिन उमेद्वारलाई पछि पार्दै उनले जित हातपारेका हुन ।

घोताने डेमोक्रेट टिमका आधिकारीक उमेद्वार रहेका थिए भने उनका निकटतम प्रतिश्पर्दि स्वतन्त्र प्रताप शाहा ओएनअफका तर्फबाट उमेद्वार रहेका थिए । लामो समय देखि विबाद रहदै आएको जनसम्पर्क समिति अष्ट्रेलियाको बिभाजनलाको फाईदा उठाउन भरपुर प्रयास गरेको ओएनएफले यस बर्ष पनि जीत हात पार्न सकेन । २ जना बाँगी उमेद्वार हुँदा हुँदै पनि जनसम्पर्क समिति अष्ट्रेलियाको सहयोग र भूमिकाले नै घोतानेलाई बिजयी बनाउन सफल भएको देखियो । घोतानेको उमेद्वारीमा अधिकाँश राज्यहरुका जनसम्पर्कहरुले सहयोग गरेका थिए ।

कडा प्रतिष्पर्धाका बिच अधिकांस पद र राज्यका संयोजकहरुमा जनसम्पर्क का उमेद्वारहरु बिजयी भएका छन् । जनसम्पर्कका तर्फबाट उमेद्वार भएका महासचिबमा नारयण कोईरालाले बिजयी हासील गरेका छन् भने सबै भन्दा ठूलो राज्य एनएसडब्लुको संयोजकमा नन्द गुरुङ बिजयी भएका छन् । अष्ट्रेलियका मुख्य शहर मेलबर्न, ब्रिशवेन, पर्थ, डार्वीन, सिड्नी भएका राज्यहरुको संयोजकमा डेमोक्रेटिक उमेद्वारहरुले बमुमतको सहित बिजयी हासील गरेका छन् । त्यसैगरी अष्ट्रेलियाको राजधानी क्यानवेरा (एसीटी) मा पनि डेमोक्रेटीक उमेद्वार नै बिजयी भएका छन् । सचिब र कोशाध्यक्षमा आफ्नै पक्षका बाँगी उमेद्वार भएका कारणले ओएनएफका तर्फबाट भएका उमेद्वारले बिजयी हासील गरेका छन् । ६ बटा आईसीसी सदस्यका लागि भएको निर्बाचनमा जनसम्पर्कका ४ जना उमेद्वार र ओएनएफका २ जना बिजयी भएका छन् ।

८ हजार ४ सयको हाराहारीमा सदस्य रहेको मतदानमा ५५१३ मत खसेको थियो । बिहान ८ देखि ५ बजे सम्म मतदानका खुल्ला गरीएको थियो भने मतदानका लागि कम्प्यूटर प्रविधि अपनाईएको थियो । निर्बान सम्पन्न भएको केहि घण्टामा नै मत परिणाम सार्वजनिक गरीएको थियो । यस निर्बाचनले आइसीसी, एनसीसी र एससीसीमा गरी १०० भन्दा बढि उमेद्वारहरुलाई निर्बाचित गराएको छ । बिगतमा भन्दा निक्कै सरल, सब्य र छिटो प्रविधिमा निर्बाचन सम्पन्न भएको मा मतदाताहरुले एनआरएनएका पदाधिकारी तथा निर्बाचन समितिलाई धन्यबाद प्रदान गरेका थिए । केन्द्रिय निर्बाचन संयोजक डा. कृष्ण हमालको संयोजकत्वमा गठित समितिले निर्बाचन सहज ढंगले सम्पन्न गराएको हो ।

निर्बाचनका समय स्थलगत निरक्षण गर्न अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पा, एनआरएनए आईसीसीका अध्यक्ष शेष घले, सदस्य जमुना घले लगायत आईसीसी पदाधिकारी, सदस्यहरु सबै भन्दा ठूलो र बढि मतदान भएको शहर सिड्नी मतदान केन्दमा आएका थिए । निरक्षणका क्रममा राजदूत शेर्पाले प्रवासमा नेपालीहरुको नेपाल प्रतिको उत्साह र मतदानका लागि प्रयोग गरीएको प्रविधिको प्रसंसा गरेकी थिईन ।

त्यसैगरी आईसीसी अध्यक्ष घलेले निर्बाचनमा सहभागि प्रवासी नेपालीहरुको उपस्थिति देखेर खुसी ब्यक्त गरेका थिए । आफूले उभ्याएका अधिकांस उमेद्वारहरुले बिजयी हांसील गरेपछि निक्कै खुसी देखिएका जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले जिताउने कार्य हामीले गर्यौ अब बिजयी भएका साथीहरुले सबैलाई समेटेर नेपाल र नेपालीका लागि कार्य गर्नुपर्नेमो जोड दिएका थिए । निर्बाचित सबै उमेद्वारहरुलाई २२ जुलाई ब्रिशवेनमा हुने एजिम तथा राष्ट्रिय सम्मेलनमा सपथ खुवाउदै पदभार ग्रहण गराउने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ