- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफको सामाजिक सञ्जालमा लीबियाका तानाशाह मुअम्मार गद्दाफीसँग खिचिएको तस्विर भाइरल भएको छ ।अहिले भाइल भएको कट्रिनाको सो तस्विर उनको मोडलिङको समयको हो ।तस्विरलाई कट्रिनाको साथि मोडल शमिता सिंघाले सेयर गरेकि हुन् ।
तस्विर करीब १५ वर्ष पुरानो रहेको बताइएको छ । साथै सो समय लीबियामा एक फेशन शोको चलेको थियो । तस्विरमा कट्रिना लगायत अभिनेत्री नेहा धूपिया, अदिति गोवित्रिकर र आंचल कुमार रहेका छन् ।
शमिताले तस्विरमा क्याप्सन समेत दिएकि छन् । उनले , ' 15 वर्ष पहिले हामि लीबियामा एक फेशन शोको लागि गएका थियौ र हामलाई गद्दाफीसँग भेट्ने सौभाग्य मिल्यो।' यसका साथै उनले तस्विरलाई ट्याग पनि गरेकि छन् ।सन् 2011 मा गद्दाफीको हत्या भएको थियो । मुअम्मार गद्दाफीले लिबियामा करीब ४२ वर्षसम्म शासन गरेका थिए । उनि अरब देशमा सबैभन्दा लामो समयसम्म शासन गर्ने तानाशाहको रूपमा चिनिन्छन् । गद्दाफीले आफैलाई 'राजाहरुको राजा' घोषित गरेका थिए ।