arrow

आतङ्कबादविरुद्धको अभियानमा  बङ्गलादेश सधैं भारतको साथमाः  हसिना

logo
प्रकाशित २०७४ असार २८ बुधबार
shekh-hasina.jpg

ढाका  । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको काश्मिरी क्षेत्रमा रहेको अमरनाथको दर्शन गर्न गएका तीर्थयात्रीहरूमाथि सोमबार राति गरिएको आतङ्कबादी आक्रमणको निन्दा गरेकी छन् । 

रातिको समयमा भारतको गुजरातको दर्ता नम्वर भएको एक बस बालटालबाट जम्मुतिर गइरहेको अवस्थामा काश्मिरको अनन्तनाग जिल्लामा तिर्थयात्रीमाथि लक्षित गरी भएको उक्त आक्रमणमा सात जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । 

प्रधानमन्त्री हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा बङ्गलादेश भारतसँग आतङ्कबाद विरुद्धको अभियानमा सहकार्य गर्ने प्रतिवद्धतालाई पुनः दोहोर्याएकी छन् । “मलाई काश्मिरमा गरिएको केही महिला तथा बालबालिकासहितको ज्यान लिने गरी र १९ जना घाइते हुनेगरी भएको आतङ्ककारी आक्रमणको घटनाले स्तब्ध तुल्याएको छ,” बङ्गलादेशी प्रधानमन्त्री हसिनाले सन्देशमा भनेकी छन्। 

निकटको साथी तथा असल छिमेकीका रूपमा मैले आतङ्कबादविरुद्धको अभियानमा सहकार्य गर्ने कुरामा बङ्गलादेश सधैं भारतको साथमा रहने छ भन्दै आफ्नो देशले सधै आतङ्कबाद विरुद्धको शुन्य सहनशिलताको नीतिलाई कायम राख्नेछ साथै तिर्थयात्रीमाथि भएको घृणास्पद आक्रमणको निन्दा गर्दछु, सन्देशमा भनिएको छ । पत्रमा प्रधानमन्त्री हसिनाले मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । पिटिआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ