arrow

गरिवीका कारण शिक्षाबाटक बञ्चित बालबालिकाहरु शिक्षाको पहुँचमा पुग्दै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1603327570.jpeg
लोकेन्द्र खनाल। रुकुम।  रुकुमको मुरु गाविसका १३ वर्षीया भुपाल ओली घरमा आर्थिक अवस्था कम्जोर भएका कारण पैसा कमाउनको लागी आफ्ना बुवा सँग भारतमा पुगेर घरमा आएका थिए । गाउँमा उनिसँगैका साथिहरु विद्यालयमा जान्थ्ये तर भुपाल भने विद्यालयमा भर्ना हुने, परिक्षा शुल्क तिर्ने पैसा नभएकै कारण विद्यालयमा जानुको सट्टा पैसा कमाउनको लागी विभिन्न काममा व्यस्थ हुने गथ्र्ये । तर अहिले भुपाल पनि गाउँ नजिकैको भिम कल्याण निम्न माध्यामिक विद्यालय बाँठाकोटमा भर्ना भएर नियमित कक्षामा उपस्थिति हुने गरेका छन् । उनी जस्तै यहाँका रिमबहादुर ओली पनि घरमा आर्थिक अवस्था कम्जोर भएका कारण पैसा कमाउनको लागी भारतमा पुगेर गाउँमा आएका थिए ।
 
रिमबहादुर पनि उनिसँगैका साथिहरु विद्यालयमा जाँदा उनि भने विद्यालयमा भर्ना हुने, परिक्षा शुल्क तिर्ने पैसा नभएकै कारण विद्यालयमा जानुको सट्टा पैसा कमाउनको लागी विभिन्न काममा नै व्यस्त हुनुपर्ने बाध्य भएका थिए । तर अहिले उनि पनि विद्यालयमा भर्ना भएर नियम कक्षामा उपस्थिति हुने गरेका छन् । २०७१ साल फाल्गुन २७ गते मुरु गा.वि.स.लाई अनिवार्य शिःशुल्क तथा आधारभूत शिक्षा सुनिश्चित भएको गा.वि.स.को रुपमा घोषणा गरेपछि यहाँका भुपाल र रिमबहादुर जस्तै धेरै बालबालिका विद्यालयमा भर्ना भएर नियमित रुपमा उपस्थिति भई शिक्षा लिने गरेका छन् । गाविसमा रहेका सबै विद्यालयमा प्राथामीक तहसम्म अहिले कुनै पनि शुल्क नलाग्ने भएपछि बालबालिका विद्यालयमा भर्ना भएर अहिले नियमित रुपमा कक्षामा उपस्थिति हुने गरेको भिम कल्याण निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीले बताउनुभयो ।
 
सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाल सरोकार केन्द्र रुकुमको सहजिकरणमा मुरुलाई अनिवार्य शिःशुल्क तथा आधारभूत शिक्षा सुनिश्चित भएको गा.वि.स. घोषणा गरेपछि घरमा आर्थिक अवस्था कम्जोर भएकै कारण शिक्षा लिनबाट बञ्चीत भएका बालबालिकाहरु अहिले शिक्षा लिने अवसर पाएको प्रधानाध्यापक ओलीको भनाई रहेको छ । यहाँकै प्रेम बिटालु र गणबहादुर विटालु पनि घरमा आर्थिक अवस्था कम्जोर भएका कारण पैसा कामाउनको लागी भारत जाने तयारीमा रहेका थिए । तर अहिले उनिहरु पनि विद्यालयमा भर्ना भएर नियमित रुपमा कक्षामा उपस्थित हुने गरेका छन् । ‘विद्यालयमा भर्ना हुने, परिक्षा शुल्क तिर्ने पैसा घरमा नभएका कारण पैसा कामउनको लागी इण्डीया जाने तयारीमा थिए’, प्रेमले भने ‘विद्यालयमा भर्ना शुल्क, परिक्षा शुल्क नलाग्ने थाहाँ पाएपछि मेरो बाबाले मलाई स्कुलमा भर्ना गरिदिनुभयो ।’
 
विद्यालयमा कुनै पनि शुल्क नलाग्ने भएपछि अभिभावकहरु पनि खुशी भएका छन् । अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गराउने, नियमित रुपमा पढ्न पठाउने गरेको स्थानीय शिक्षक भुपेन्द्र ओलीले बताउनुभयो । अनिवार्य शिःशुल्क तथा आधारभूत शिक्षा सुनिश्चित भएको गा.वि.स.को रुपमा घोषणा भएपछि शिक्षा लिनबाट बञ्चित भएका एक सय १५ जना भन्दा वढि बालबालिका विद्यालयमा भर्ना भएर शिक्षा लिन थालेको शिक्षक ओलीको भनाई रहेको छ । अभिभावकहरुले यसलाई केहि बर्ष मात्र भन्दा पनि दिर्घकालीन रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । ‘प्रावि स्तरका साथै अन्य माथिल्ला तहसम्म पनि यस्तै कार्यक्रम सञ्चालन गर्नु पर्छ स्थानीय पूर्णविराम ओलीले भन्नुभयो, यसको लागी सरकार र सम्बान्धित सरोकारवालाले समयमा नै ध्यान दिनु पर्दछ ।’
 
यहाँका प्रत्येक विद्यालयमा अहिले गाउँ शिक्षा समितिबाट परिक्षा सञ्चालन लगायतका काम गर्न ३४ हजार ५ सयका दरले रकम उपलब्ध गराएको छ । यसको व्याजबाट आएको पैसाले परिक्षा सञ्चालन गर्दा कापी, पेपर लगायतका सामाग्री विद्यार्थीलाई उपलब्ध गराउने बताइएको छ । सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाल सरोकार केन्द्र रुकुमले मुरु गाविसका बालबालिकालाई प्राथामिक शिक्षाबाट बञ्चीत नहुन भनेर यो रकमको सहयोग गरेको थियो । उसले घोषना कार्यक्रममा एक लाख ५० हजार रुपैयाँ गाउँ शिक्षा समितिलाई हस्तान्तरण गरेको हो । यसलाई दिर्घकालीन रुपमा सञ्चालन गर्नको लागी आफुहरुले अझै पनि केहि सहयोग गर्न सक्ने सेफ द चिल्ड्रेन रुकुमका शिक्षा कार्यक्रम अधिकृत प्रमोद न्यौपानेले बताउनुभयो ।
 
सबै बालबालिकाले शिक्षा पाउने उनिहरुको अधिकार भएपनि बालबालिकाहरु विभिन्न कारणले शिक्षा लिनबाट बञ्चित भएका कारण आफुहरुले त्यसमा सहयोग गरिरहेको उहाँको भनाई रहेको छ । सेफ द चिल्ड्रेनको सहयोगमा अहिलेसम्म जिल्लाको मुरु, खारा, चौखावाङ् र बाँफिकोट गाविसलाई अनिवार्य शिःशुल्क तथा आधारभूत शिक्षा सुनिश्चित भएको गा.वि.स. घोषणा गरिएको छ । सेफ द चिल्ड्रेनले गरिबीका कारण शिक्षा लिनबाट बञ्चित भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यार्थिलाई पोशाक लगायतका सामाग्रीहरु समेत वितरण गर्दै आएको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ