arrow

श्रीलङ्काली राष्ट्रपति बङ्गलादेश भ्रमणमा

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
sri-lanka-president.jpg

कोलोम्बो। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरीसेना तीन दिनको औपचारिक भ्रमणको लागि बङ्गलादेश पुग्नु भएको छ। उनी बङ्गलबादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा त्यसतर्फ लागेको श्रीलङ्काली परराष्ट्र मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ।

यस भ्रमणको क्रममा राष्ट्रपति सिरीसेनाले बङ्गलादेशका प्रधानमन्त्री, विदेशमन्त्री स्वास्थ्यमन्त्री, सभामुख र विपक्षी दलका नेताहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ।

सिरीसेना नेतृत्वको ७३ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार श्रीलङ्का प्रस्थान गरेको हो। राष्ट्रपति नेतृत्वको यस प्रतिनिधिमण्डलले द्विपक्षीय छलफल, सामुद्रिक समस्या, शिक्षा, पर्यटन, माझीहरुको समस्या, र स्वाथ्यक्षेत्रका विषयमा छलफल गर्नुहुने बताइएको छ।

यी दुई पक्षको तर्फबाट कम्तीमा १० वटा सम्झौतामा हस्ताक्षर गरिने अनुमान गरिएको पनि प्रकाशित कार्यक्रममा जनाइएको छ।

सिरीसेना श्रीलङ्काको राष्ट्रपति भएयता यो नै बङ्गलादेशको पहिलो औपचारिक भ्रमण हो। यस अघि उनी स्वास्थ्यमन्त्री हुदा सन् २०१३ र २०१४ मा गरी दुई पटकसम्म बङ्गलादेशको भ्रमण गएका थिए। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ