arrow

बमलाई खेलौना ठान्दा अफगानिस्तान चार बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
mine-blast.jpg

बुर्का (अफगानिस्तान)। उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। प्रहरी प्रवक्ताले उक्त जानकारी दिए।

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन्। विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो। यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा जनाइएको छ।

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ। अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन्। रासस÷सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ