arrow

दुई समुदायबीच द्वन्द्व दुइको मृत्यु,

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
death.png

नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य गुजरातमा दुई समुदायका नागरिकबीच भएको भिडन्तमा परी दुई व्यक्तिको मृत्यु हुनको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । 

बिहीबार साँझबाट उक्त गाउँका दुई समूदायबीच यस्तो हिंसा सुरु भएको हो । गुजरात राज्यमा पर्ने मोर्बी र सुरेन्द्रनगर जिल्लामा भार्वाद र राजपूत समूदायका स्थानीय बासिन्दाबीच बिहीबार अबेरबाट यो हिंसा सुरु भएको बताइएको छ । 

यस हिंसाको क्रममा घाइते भएका व्यक्तिमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । जारी हिंसाको क्रममा ३० भन्दाबढी सवारी साधनमा आगजनी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मोर्बी र सुरेन्द्रनगरमा जारी हिंसाले थप विस्तारित रुप लिने त्रासका कारण ती जिल्लामा इन्टरनेट सेवा पनि बन्द गरिएको पनि प्राप्त एक समाचारमा जनाइएको छ । स्थिति नियन्त्रणको लागि थप प्रहरी तैनाथ गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।सिन्हवा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ