arrow

जिल्ला अस्पताल ५० शैयाको बन्ने भएपछि पाँचथरबासी हर्षित

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७४ असार ३० शुक्रबार
Panchthar-hospital.jpg

पाँचथर। पूर्वी पहाडी जिल्ला पाँचथर सदरमुकाम फिदिममा ५० शैयाको अत्याधुनिक सुविधासहितको अस्पताल बन्ने भएपछि जिल्लावासी हर्षित भएका छन् । २५ शैयाको अस्पताल अव ५० शैयाको हुनेभएपछि जिल्लाबार्सी हर्षित भएका हुन् ।  

नेपाल सरकार स्वास्थ्य मन्त्रालयमार्फत इलाम डिभिजन कार्यालयले शुक्रबार अस्पताल निर्माणका लागि टेण्डर आह्वान गरेको छ । ३० करोड रुपैयाँको लागतमा ५० शैंयाको अस्पताल निर्माणका लागि टेण्डर आह्वान गरिएको अस्पताल विकास समितिका अध्यक्ष दीपक नेपालले वताए ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापा,पूर्ब स्वास्थ्य राज्य मन्त्री माननिय तारामान गुरूङ, सांसद भिष्मराज आङ्देम्बे जिल्लास्थित काँग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, काँग्रेस नेतृ कृष्ण कुमारी खतिवडा, काँग्रेस पाँचथर पूर्व जिल्ला उपसभापति सुरेन्द्र तिमल्सेना लगायतको पहलमा अस्पतालको शैयाको निम्ति बजेट परेको वताइएको छ ।  

अस्पतालको शैया थप भएपछि पूर्वी पहाडि जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका सर्वासाधारणहरुका लागि सहज हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ