arrow

काठमाडौं महानगर : नगर सभामा काँग्रेस–एमालेको बेग्ला–बेग्लै ह्वीप !

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
city_hall.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा जारी छ । यद्यपि, दोस्रो दिनको छलफल अझै सुरु हुन सकेको छैन । शुक्रबारबाट सुरु भएको नगरसभाको छलफल शनिबार दिउँसो ३ बजेबाट नियमित गर्ने भनिएकामा अहिलेसम्म सुरु हुन नसकेको हो । 

काँग्रेस र एमालेबीच बजेटका विषयमा कुरा नमिल्दा बजेट पेश हुन सकेको छैन । महानगरमा प्रमुख एमालेको भएपनि उपमेयर काँग्रेसले जितेको छ । उपमेयर सहित काँग्रेसको टोलीले समिति बनाएर दफावार रुपमा छलफल गर्नु पर्ने माग राखेको छ । 

कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरु कसरी प्रस्तुत हुने भनि सभाहल छेउमै छलफलमामा व्यस्त छन् । एमाले र काँग्रेस दुबैले आ–आफ्ना प्रतिनिधिलाई ह्वीप जानरी गरेका छन् ।  एमालेले  जसरी भए पनि बजेट पेश गर्ने पक्षमा छ । एमालेले आफ्ना प्रतिनिधिलाई बजेटमा समर्थन गर्न भनि ह्वीप लगाएको छ । काँग्रेसले आफ्ना प्रतिनिधिलाई कुनै पनि हालतमा जारी हुन नदिन ह्वीप लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ