arrow

७० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै धरान इन्जिनियरिङका विद्यार्थी अनसनमा

logo
प्रकाशित २०७४ साउन १ आइतबार
purbanchal-campus-dharan.jpg

इटहरी । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । 

नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन । 

चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् । 

नेवि सङ्घका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनशनमा बसेका हुन् । 

एकसाताअघि संस्थानअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले देशभरका आंगिक क्याम्पसमा शुल्क बढेको विषयमा पत्राचार गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । 

त्रिविको नियम विपरीत इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेकाले आफूहरु आन्दोलित हुनुपरेको अनशनमा बसेका अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपानको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ