arrow

बद्रीलाई छुटाउन जनार्दनलाई ओलीको दवाव 

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
oli_janardan.jpg

काठमाडौं । जुवाको खालबाट पक्राउ परेका गायक बद्री पंगेनीलाई हिरासतमुक्त गर्न गृहमन्त्री जनार्दन शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दवाव दिएका छन् । 

पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका पंगेनीलाई तत्काल छाड्न अध्यक्ष ओलीले गृह मन्त्री शर्मालाई दवाव दिएका हुन् ।

पंगेनी पक्राउ परेको सार्वजनिक भएको केहीबेरमै ओलीले फोन गरेर दवाव दिएको गृह श्रोतले जनाएको छ । ओली निकट श्रोतले पनि गृहमन्त्रीलाई आग्रह गरिएको बताएको छ । उनी अध्यक्ष रहेको प्रतिष्ठानको बैठक अहिले उनको उपस्थीति विना बस्न लागि रहेकोछ । पंगेनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको हो । गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई ढाँटेका छन् । तर प्रतिष्ठानका पदाधिकारी र प्रहरी अधिकारीहरुले भने पंगेनी हिरासतमै रहेको दावी गरेका छन् । 

लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत पंगेनी मंगलबारराती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् । जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । तर उनका निकटस्थहरुले भने उनी लामो समयदेखि यस्तै कार्यमा संलग्न हुदै आएको बताएका छन् । 
उनी काठमाडौका अधिकांश क्यासिनोका पनि ग्राहक भएको निकटस्थहरुको भनाई छ । 

अधिकांश समय जुवामा विताउने गरेकै कारण अहिले सम्म कमाएको पैसाको ठोस उपयोग पनि गर्न नसकेको भन्दै उनका निकटस्थहरुले पहिले देखि नै संझाउने गरेका थिए । उनी अहिले काठमाडौको धापासीमा रहेको ससुरालीमा बस्दै आएका छन् । त्यस बाहेक उनले लैनचौरमा डेरा पनि लिएर राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ